PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'बाँध मायाले'को रिलिज टार्गेट तय



पहिलोपोस्ट

'बाँध मायाले'को रिलिज टार्गेट तय

काठमाडौं: पोस्ट प्रडक्सनमा रहेको फिल्म 'बाँध मायाले'को प्रदर्शन मिति तय भएको छ। सवीर श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्मको आउँदो असोज ५ गते रिलिज टार्गेट गरिएको हो।  

फिल्मलाई डिसिएनले अल नेपाल प्रदर्शनमा ल्याउन लागेको हो ।फिल्ममा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय रहेको छ।

हाल डविङ कार्य भैरहेको फिल्मको चाँडै नै फस्ट लुक्स रिलिज गर्ने निर्देशक श्रेष्ठले बताए । उनले भने 'हामी केही सातामै प्रेसमिट गरेर तपाईंहरु माझ सप्राइज प्याकेज सार्वजनिक गर्नेछौं, नाम जस्तै फिल्मले सबै दर्शकलाई बाँध्नेछ भन्ने विश्वास छ' ।

काईट्स इन्टरटेनमेन्टको ब्यानारमा बनेको यस फिल्ममा रामहरी धिताल र विभेषिका श्रेष्ठले सविरसँग सहकार्य गरेका छन् । महेन्द्र अधिकारी र केदार धिताल फिल्मका सह-निर्माताहरु हुन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेन लगायत अन्यको मुख्य अभिनय छ ।

बाबु श्रेष्ठले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell