PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस केन्द्रीय समितिमा ११ जनाको सुझाव : देउवाको धारणा राख्ने तयारी



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिमा ११ जनाको सुझाव : देउवाको धारणा राख्ने तयारी

काठमाडौं: नेपाली कांग्रेसको आठौं दिनमा ११ जनाले धारणा राखेका छन्। केन्द्रीय समितिको शुरुमै अमेरिकाबाट आइपुगेका आमन्त्रित सदस्य आनन्द विष्टले आफ्नो सुझाव पेश गरे। पार्टी सभापति शेरबहादुर देउवा निकट उनी जनसम्पर्क समिति अमेरिकाकाबाट आमन्त्रित सदस्यमा छानिएका हुन्। 

निर्वाचन समीक्षा सम्बन्धी चैत ९ देखि जारी बैठकमा आज चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, रत्न शेरचन, सुजाता परियार, किरण यादव, ध्यानगोविन्द रञ्जितले धारणा राखेका थिए।

बैठक भोलि पनि जारी रहने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। केन्द्रीय समिति लम्बिएकोले आजबाट फरक ढ‌ंगबाट कार्यक्रम सञ्चालन भएको बताए। 'निर्वाचनसम्बन्धी समीक्षामा केन्द्रीय सदस्यज्युहरुले २० देखि ३० मिनेटमा सकाउने गरी बोल्ने व्यवस्था मिलाईएको छ,' शर्माले भने, 'यही अनुपातमा जाने हो भने भोलिसम्ममा सकिने र पर्सि सभापतिको धारणा आउन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell