PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दक्षिण एसियाली जुडो : टिम इभेन्ट्समा भारतलाई दुई स्वर्ण



पहिलोपोस्ट

दक्षिण एसियाली जुडो : टिम इभेन्ट्समा भारतलाई दुई स्वर्ण

काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिप अन्तर्गत तेस्रो दिन भारतले टिम इभेन्ट्समा दुई स्वर्ण जितेको छ। यससँगै भारत सर्वाधिक १२ स्वर्णका साथ टिम च्याम्पियन बन्यो।

भारतले सोमवार महिला टिम इभेन्ट्समा नेपाललाई ५-० ले तथा पुरुष टिम इभेन्ट्समा पाकिस्तानलाई ३-२ ले हरायो। सुशिलादेवी लिक्माबाम, अनिता अङ्गोम चानु, सुनिबालादेवी हुइद्रोम, गरिमा चौधरी र तुलिका मान सम्मिलत भारतीय महिला टिमले नेपाली टिम देविका खड्का, मनिता परधान श्रेष्ठ, फुपूल्हामु खत्री, भावना घर्ती मगर र पुनम श्रेष्ठलाई पराजित गरे।

यस्तै महिलातर्फ पाकिस्तानले बंगलादेशलाई हराउँदै कास्य जित्यो। पुरुषतर्फ श्रीलंकाले नेपाललाई ३-२ ले हराउँदै कास्य जित्यो।

भारतले पहिलो दिन ४ तथा दोस्रो दिन ६ स्वर्ण जितेको थियो। भारतले समग्रमा १२ स्वर्ण र ३ कास्य जित्यो। घरेलु टोली नेपालले २ स्वर्ण र ६ रजत कास्य जित्दा पाकिस्तानले २ स्वर्ण र ३ रजत र ३ कास्य हात पार्‍यो।

नेपाल जुडो संघको आयोजनामा भएको ३ दिने च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रबाट १०६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यस्तै दक्षिण एसियाली जुडो फेडेरेसनको मेम्बरहरुको मिटिङबाट अर्को संस्करण सन् २०२० मा बंगलादेशमा गर्ने निर्णय भएको छ। साथै श्रीलंकाले अर्को वर्ष जुनियर तथा क्याडेट च्याम्पियसिप आयोजना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell