PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपालगन्ज कप क्रिकेट : उपाधिका लागि दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज् भिड्ने



पहिलोपोस्ट

नेपालगन्ज कप क्रिकेट : उपाधिका लागि दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज् भिड्ने

नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधिका लागि एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन्।

सोमवार भएको खेलमा दंगाली गोर्खाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

६ टिम सहभागि प्रतियोगितामा लि चरणपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल प्रवेश गरेका हुन्। यसअघि नै ५ खेलमा ४ जित दर्ता गर्दै पप्पु कन्सट्रक्न रोल्पा गोरिल्लाज रनरेटको आधारमा फाइनलम प्रवेश गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पाल्पा योद्याजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो। पाल्पाका लागि ओपनर प्रकाश केसीले ३०, अनुपम सिंहले २३ तथा भिम धमलाले १६ रन बनाए। दंगाली गोर्खाजका लागि संदिप सुनार तथा शाहिद अन्सारीले समान २ विकेट लिए।

जवाफमा ११४ रनको लक्ष्य दंगाली गोर्खाजले १४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। दंगालीको जितमा सदाब अन्सारीले आक्रमक ब्याटिंग गर्दै ३३ बलमा ५० रन बनाए। त्यस्तै मनोज सुनारले २१, सद्दाम हुस्सैनले १७ तथा कप्तान संदिप सुनारको ११ रन योगदान गरे। पाल्पाका लागि कप्तान सिद्दान्त राज शाही, यश हमाल तथा प्रकाश केसीले समान १ विकेट लिए। दंगाली गोर्खाजका सदाब अन्सारी खेलको म्यान अफ द म्याच घोषित भए।

त्यस्तै दोस्रो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले एबरोल टि एम टी लुम्बिनी यात्रीजलाई ५ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी यात्रीजे २० ओभर खेल्दै १७१ रन जोडेको थियो। लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्कीले ४६, सुरज दराईले ३१ तथा आदिल खानले ३० रन बनाएका थिए। बर्दियाका आकाश विष्ट, जितेन्द्र सिंह ठकुरी, भरत थापाले समान २ विकेट लिए।

१७२ रनको लक्ष्य बर्दिया टाईर्गसले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। बर्दिया टाईर्गसका राजविर सिंहले प्रतियोगिताकै उच्च स्कोररका रुपमा ६९ रन जोडे भने कप्तान सुवेन्दु पाण्डेले ४८ तथा आकाश विष्टले ३५ रन जोड्दै टिमलाई जित दिलाए। लिग चरणको अन्तिम खेलमा ६९ रन बनाउन सफल बर्दिया टाईर्गसका राजविर सिंह म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। विजेताले १ लाख १० हजार तथा उपविजेताले ६० हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell