PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइपीएल : पञ्जावको पाँचौँ जित, दिल्लीको पाँचौँ हार



पहिलोपोस्ट

आइपीएल : पञ्जावको पाँचौँ जित, दिल्लीको पाँचौँ हार

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपीएल) मा यस सिजन किंग्स ११ पञ्जावले पाँचौ जित हात पार्दा दिल्ली डेयरडेभिल्सले भने ठिक विपरीत ५ खेल हारेको छ।

सोमबार भएको खेलमा १४३ रनको स्कोर डिफेण्ड गर्दै पञ्जावले दिल्लीमाथि ४ रनको रोमाञ्चक जित हात पार्‍यो। ६ मध्ये ५ खेल जितेको पञ्जाव १० अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ।

दिल्लीलाई अन्तिम बलमा जितका लागि ५ रन चिहएको बेला पञ्जावलका बलर मुजिव रहेमानले दिल्लीका श्रेयास अयेरलाई आउट गरेका थिए।

१४४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अयेरले अर्धशतक बनाए पनि दिल्लीलाई जिताउन सकेनन्। अयेरले सर्वाधिक ५७, राहुल तेवाटियाले २४ तथा डेब्यु ब्वाय पृथ्वी शाहले २२ रनज बनाए। बलिङमा पञ्जावका अंकित राजपुत, आन्द्रे त्ये र मुजिव रहेमानले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो। पञ्जावका लागि करुण नायरले सर्वाधिक ३४ रन बनाए भने डेविड मिलरले २६, लोकेश राहुलले २३ तथा मायांक अग्रवालले २१ रन बनाए।

दिल्लीका लागि आइपीएलमा डेब्यु गरेका इंगलिस खेलाडी लियम प्लनकटले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट र आभेष खानले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell