PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मैले देखेको दरबार अंग्रेजीमा 



पहिलोपोस्ट

मैले देखेको दरबार अंग्रेजीमा 

काठमाडौं: राजाका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक 'मैले देखेको दरबार'को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ बजारमा आएको छ। सन् २०१० प्रकाशित किताबको चर्चा चुलिएपछि अंग्रेजी संस्करण बजारमा ल्याएको प्रकाशकले जनाएको छ। 

‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ले पाठकलाई नारायणहिटी दरबारको रहस्यभित्र पुर्‍याउँछ र राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कु’, माओवादी जनयुद्ध र त्यसको जन्म र त्यसलाई मलजल गर्ने शक्ति, माओवादी र मूलधारका सात पार्टीबीच भएको विस्तृत १२ बुँदे सहमति, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्ता  हाम्रो समयका महत्वपूर्ण घटनाहरुबारे ‘भित्री दृष्टिकोण’प्रस्तुत गर्दछ। 

‘मैले देखेको दरबार’ प्रकाशित हुनेबित्तिकै लेखक धैरैले पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गर्न अनुरोध गरेको उल्लेख गर्दै लेखक शाहले भने,‘ढिलै भए पनि पुस्तक अङ्ग्रेजीमा अनुवाद भएको छ। नेपाली पढ्न नसक्ने पाठकहरुले अब मेरो पुस्तक पढ्न पाउने छन्। त्यसैले म अत्यन्तै खुसी छु ।’ 

फाइनप्रिन्टले प्रकाशन गरेको अंग्रेजी संस्करणको मूल्य एक हजार बाह्र रुपैयाँ राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell