PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पुराना अध्यादेशलाई निरन्तरता दिन तीन अध्यादेश!



पहिलोपोस्ट

पुराना अध्यादेशलाई निरन्तरता दिन तीन अध्यादेश!

काठमाडौं: सरकारले तीन वटा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने निर्णय गरेको छ।

मंगलवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले तीन वटा अध्यादेश जारी गर्ने निर्णय गर्दै स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

मन्त्रिपरिषदको बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, चिकित्सा शिक्षा सम्बन्धी अध्यादेश र राष्ट्रिय सभा सस्दय निर्वाचन गर्न बनेको अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए।   

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले यी तीन अध्यादेश जारी गरेको थियो। यसरी जारी भएका अध्यादेश संसद् सुरु भएको ६० दिन भित्र प्रतिस्थापन विधेयकले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था छ। 

संसदको पहिलो अधिवेशन फागुन २१ मा सुरु भएको थियो। यस आधारमा यी तीनै अध्यादेश वैशाख २० गतेभित्र प्रतिस्थापन विधेयकले प्रस्थिापन हुनु पर्छ। यद्यपि संसद्को अधिवेशन अन्त्य भएको अवस्थामा सरकारले ती अध्यादेशलाई निरन्तरता दिन अध्यादेश जारी गर्ने निर्णय गरेको हो। 

देउवा सरकारले जारी गरेको वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेशले दुई आयोगको म्याद एक वर्ष थपेको थियो। अध्यादेशलाई निरन्तरता दिन अध्यादेश जारी नभए यी दुई आयोग स्वतः खारेज हुने छन्। 

त्यस्तै देउवा सरकारले जारी गरेको अर्को अध्यादेश राष्ट्रिय सदस्य निर्वाचन गर्न बनेको अध्यादेशले निरन्तरता नपाए सोही अध्यादेशको जगमा गठन भएको राष्ट्रिय सभासमेत स्वतः खारेज हुने अवस्था छ। त्यसैले पनि सरकारले ती अध्यादेशलाई निरन्तरता दिनका लागि पुन अध्यादेश जारी गर्न निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell