PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मनमोहन मेमोरियल अन्तर प्रदेशीय यू-१६ क्रिकेट टुर्नामेन्ट बिहिबारबाट



पहिलोपोस्ट

मनमोहन मेमोरियल अन्तर प्रदेशीय यू-१६ क्रिकेट टुर्नामेन्ट बिहिबारबाट

काठमाडौं:  मनमोहन मेमोरियल अन्तर प्रदेशीय यू-१६ राष्ट्रिय क्रिकेट टुर्नामेन्ट बिहिवारबाट हुँदैछ। ३० ओभरमा खेलाइने खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए।

एमाले नेता तथा पूर्वप्रधानमन्त्री महमोहन अधिकारीको सम्झनामा आयोजना गरिएको खेलमा ७ प्रदेशका ७ टिम सहभागी हुनेछन्। दुई समूहमा विभाजन गरेर खेलाईने प्खेरतियोगिताको समूह ए मा २, ४, ५ र ७ प्रदेश रहेको छ भने समूह बि मा प्रदेश १, ३ र ६ रहनेछन्।

खेल बिहिबारबाट १९ गतेसम्म कीर्तिपुरको खेल मैदानमा हुनेछ। उद्घाटनमा प्रदेश १ र प्रदेश ३ बीच खेल हुनेछ। राष्ट्रिय क्रिकेट टिमका कोच जगत टमटाले यो टुर्नामेन्ट राम्रो कन्सेप्ट भएको र नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताए। एक साता चल्ने खेलमा दुई समूहको शीर्ष स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell