PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भर्ना अभियानलाई मन्त्रालयका कर्मचारीको ७९ हजार 



पहिलोपोस्ट

भर्ना अभियानलाई मन्त्रालयका कर्मचारीको ७९ हजार 

काठमाडौं: मन्त्रालयका कर्मचारीहरूले ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ अभियानका लागि ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका छन्। 

नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गत चैत १६ गते बसेको सरकारका सचिवहरूको बैठकले अभियानका लागि सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो। 

अभियान अन्तर्गत अति विपन्न र सिमान्तकृत बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानलाई सहयोग पुर्‍याउन प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूले २७ हजार ५०० रुपैयाँ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत कर्मचारीहरूले ५१ हजार ५०० रुपैयाँ गरी जम्मा ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका हुन्। 

सचिवस्तरीय बैठकले शैक्षिक सत्र २०७५ देखि आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको संरक्षणका लागि सञ्चालित अभियानलाई सहयोग पुर्‍याउन सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो। 

राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीबाट दुई हजार रुपैयाँ, प्रथम श्रेणीका कर्मचारीबाट १ हजार रुपैयाँ र द्वितीय श्रेणीका कर्मचारीबाट ५० रुपैयाँका दरले सहयोग सङ्कलन गरिएको हो। 

यसरी संकलित रकम निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनलाई हस्तान्तरण गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell