PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सञ्जय दत्तको बायोपिक, टाइटलसँगै रणबिरको लुक्स रिलिज



पहिलोपोस्ट

सञ्जय दत्तको बायोपिक, टाइटलसँगै रणबिरको लुक्स रिलिज

बलिउड अभिनेता सञ्जय दत्तको बायोपिकको नाम सार्वजनिक भएको छ। फिल्मको नाम 'सञ्जु' रहने बारे निर्माण युनिटले जानकारी दिएको हो।

फिल्मको नामसँगै टिजर पनि रिलिज गरियो। टिजरमा सञ्जय दत्‍तको भूमिका निर्वाह गरेका अभिनेता रणवीर कपुरलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ।

राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको टिजरले सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा छाएको छ। रणवीरले निभाएको भूमिकामा सकारात्मक प्रतिक्रियाहरु देखिएका हुन्

रणवीरले क्यारेक्टरका लागि आफ्नो हाउभाउ अनि शारीरिक बनोटका लागि मिहेनत गरेको देखिन्छ।

बायोपिक जुन २९ मा प्रदर्शन हुने बताइएको छ। यस फिल्ममा रणवीरसंगै प्रवेश रावल, मनिषा कोइराला, अनुश्का शर्मा लगायतको मुख्य भूमिका रहेको छ। मनिषाले सञ्जयकी आमाको भूमिका निर्वाह गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell