PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केएनपी महिला भलिबललाई ग्लोबल आईएमइ बैंकको साथ



पहिलोपोस्ट

केएनपी महिला भलिबललाई ग्लोबल आईएमइ बैंकको साथ

काठमाडौं : चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आईएमई बैंकले प्रायोजन गरेको छ।

मंगलवार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण भयो।

सम्झौतापछि प्रतियोगितालाई ग्लोबल आईएमइ बैंकले २ लाख रुपैयाँ प्रदान गर्नेछ।

वैशाख २१ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितालाई प्रायोजन गरेपछि महिला भलिबलको विकासमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै ग्लोबल आईएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक पौडेल शर्माले भने, ‘हामी यो सहकार्यलाई भविष्यमा पनि निरन्तरता दिनेछौं।’

बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापानको मुख्य प्रायोजन तथा शिवम् सिमेन्ट लिमिटेडको सह–प्रायोजनमा संचालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।

प्रतियोगितामा साविक विजेता सशस्य प्रहरीको एपीएफसहित ६ टिमको हसभागिता रहनेछ। एपीएफले लगातार तीन संस्करण जितेर ह्याट्रिक गरेको थियो भने न्यू डायमण्ड तीनैपटक उपविजेता बनेको थियो।

प्रतियोगितामा एपीएफ र न्यू डायमण्डसहित नेपाल पुलिस, त्रिभुवन आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई 'केएनपी सर्वोकृष्ट खेलाडी' को उपाधिसहित १० हजार रुपैयाँ हात पार्नेछ।

यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट बाहेक प्रभावशाली खेल प्रदर्शन गर्ने एक खेलाडीलाई आयोजकको रोजाईमा केएनपी शेरवहादुर खड्का स्मृति स्पेशल अवार्डबाट १० हजार रुपैयाँले सम्मान गर्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell