PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डिजिएमटी क्रिकेट : सन्दीपको अर्धशतकमा एपीएफको जित, आर्मी भारतीय क्लबसँग पराजित



पहिलोपोस्ट

डिजिएमटी क्रिकेट : सन्दीपको अर्धशतकमा एपीएफको जित, आर्मी भारतीय क्लबसँग पराजित

काठमाडौं : दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जित हात पार्दा अर्कव विभागीय टोली त्रिभुवन आर्मी पराजित भएको छ।

प्रतियोगिता अन्तर्गत मंगलवार भएको समूह बी को खेलमा एपीएफले विराटनगरको विराट क्रिकेट सोसाइटीलाई पराजित गर्दा आर्मी सनेट कानपुरसँग ४ रनले पराजित भयो।

सन्दीप जोराले अर्धशतक बनाएपछि एपीएफले ११८ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

जोराले ४४ बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा नटबउट ५६ रन बनाए। ओपनर अनिल शाहले २१ तथा कप्तान भुवन कार्कीले १४ रन योगदान गरे। प्रनित थापा मगर १७ रनमा नटआउट रहे। विराट क्रिकेट सोसाइटीका दिपेश कँडेलले ३ विकेट लिए।

त्यसअघि रंगभुमी क्रिकेट मैदानमा टस जितेर पहिले ब्या६ङ गरेको विराट क्रिकेट सोसाइटीले ९ विकेट गुमाएर ११७ रन बनाएको थियो। उसका लागि मिनस थापाले ३४ तथा दीपेन्द्र चौधरीले रन जोडे। बलिङमा एपीएफका भुवन कार्की र इर्साद अहेमदले ३-३ विकेट लिए।

उता १५ ओभरमा छोट्टाइएको खेलमा आर्मीले १०४ रनको लक्ष्य पछ्याउँदै ९९ रन मात्र बनाउन सक्यो। आर्मीका लागि नरेश बुढाएरले ३० तथा सागर पुनले २३ रन बनाएपनि जितका लागि पर्याप्त भएन। शिवम दिक्षित र अदेश कुमारले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनेट कानपुरले १५ ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो। सनेटका लागि शिवम दिक्षितले ४३ तथा रिसव राई २४ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell