PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नर्सिङ आइडलको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न



पहिलोपोस्ट

नर्सिङ आइडलको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न

काठमाडौं: नर्सिङ पेशामा आबद्ध र नर्सिङ अध्ययन गरिरहेकाहरुको सौन्दर्य प्रतियोगिता ‘नर्सिङ आईडल’को ट्यालेन्ट राउन्ड सम्पन्न भयो। प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कला लगायत प्रतिभा प्रस्तुत गरे।

अमाजोन इन्टरटेन्मेन्टको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो सौदर्य प्रतियोगीताको ट्यालेन्ट सोमा म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालका अध्यक्ष नव ढुंगेल, गायक, संगीतकार तथा म्युजिक एरेन्जर प्रमोद निर्वाण, मोडेल नायिका तथा भिजे सुप्रिया कटुवाल, कोरियोग्राफर हिमानी सुब्बा, डा. तथा सामाजिक अभियानकर्ता सिके सिंह र नृत्य निर्देशक सुम्निमा पाण्डे निर्णायक रहेका थिए।

अमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाका अनुसार पेशागत प्रतियोगिता भएकाले मिस तथा मिसेस दुबै प्रतियोगीहरुले एक साथ प्रतिस्पर्धा गर्दैछन्। भने,'हामीले प्रतिस्पर्धाको लागि उमेर, उचाई, तौल जस्ता मापदण्दहरु तोकेका छैनौं।' प्रतियोगीले अन्तिम स्पर्धाका लागि सञ्चारकला, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन्। फिनाले बैशाख १८ गते हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell