PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रति व्यक्ति नेपालीको आय हजार डलर कट्यो



सविन मिश्र

प्रति व्यक्ति नेपालीको आय हजार डलर कट्यो
फाइल फोटो : www.outsourcing-pharma.com

काठमाडौं : चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ।

बुधवार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति ब्यक्ति आम्दानी १ हजार डलर पुगेको जनाएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।

मध्यावधि समीक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो। विभागले भने ५.८९ प्रतिशतमात्र हुने विवरण सार्वजनिक गरेको छ। यसअघि अर्थमन्त्रालयले आर्थिक वृद्धि ६ प्रतिशत हाराहारी पुर्यािइदिन विभागलाई दवाव दिएको समाचार सार्वजनिक भएको थियो।

विभागले साढे पाँच प्रतिशतभन्दा केही कम हुने जानकारी मन्त्रालयलाई गराएको तर मन्त्रालयले भने ६ प्रतिशत हाराहारी देखाउन दवाव दिएको थियो। एसियाली विकास बैंकले आर्थिक वृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो। विभागले गत आर्थिक वर्षको वृद्धि दर ७.३९ प्रतिशत पुगेको जनाएको छ। यसअघि उसले ६.९ प्रतिशत पुगेको जनाएको थियो।

यसपाली कृषिको वृद्धिदर २.८२ प्रतिशत र गैरकृषिको वृद्धिदर ७.१ प्रतिशतले बढेको छ। अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। विद्युत र पानीजन्य क्षेत्र पनि कमजोर रहेको विभागले जनाएको छ।

गत वर्ष १०५ डलरले बढेर ८६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रति ब्यक्ति आम्दानीमा यसपाली थप सुधार आएको छ। केन्द्रीय तथ्यांक विभागले प्रति ब्यक्ति आय १००४ अमेरिकी डलर पुगेको विवरण सार्वजनिक गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell