PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

५०० को नयाँ नोटमा एउटा बाघ गायव



पहिलोपोस्ट

५०० को नयाँ नोटमा एउटा बाघ गायव

काठमाडौं: नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ। बुधबारबाट चल्तीमा ल्याइएको नयाँ नोटबाट एउटा बाघ गायव पारिएको छ। नयाँ नोटमा एउटा बाघ मात्र राखिएको छ।

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र हुने छ। नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप छ भने नोटको तल्लो भागमा गभर्नर डा. चिरन्जीवी नेपालको दस्तखत छ। नोटको तल्लो मागको बर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ। ३.५ मिलिमिटर चोडा भएको रंग परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो राखिएको छ।

५०० को पुरानो नोट।

यसैगरी सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र राखिएको छ। साथै लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि राखिएको छ।

नोटको अर्कोपट्टी माथिल्लो भागमा अंग्रजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीच भागमा एउटा पाटेबाईको चित्र राखिएको छ। नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज पाइभ हन्ड्रेड लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell