PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एउटै गीतमा १० जनाको नृत्य प्रतिस्पर्धा



पहिलोपोस्ट

एउटै गीतमा १० जनाको नृत्य प्रतिस्पर्धा

काठमाडौं: 'सम्राट दाहाल नृत्य प्रतियोगिता' सम्पन्न भएको छ। काठमाडौं खेवाङ हातेमालो समाजद्वारा आयोजित प्रतियोगितामा प्रजिता दाहाल विजयी भइन्। उनले उपहार स्वरुप नगद पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरिन्।

भाग लिएका १० प्रतियोगीमध्य दोश्रो भएकी गरिमा गौतमले प्रमाण पत्रसँगै तीन हजार र तेश्रो भएकी आरुशी गौतमले दुई  हजार  नगद प्राप्त गरेका थिए।
संचारकर्मी शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको संगीत र बेगेन्द्र बुढाको स्वरमा सम्राट दाहालको अभिनय रहेको 'मलाई मेरै नेपालको माया छ' बोलको एउटै गीतमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका हुन्।  

निर्देशक रमेश बुढाथोकी, अभिनेत्री क्षितिजा शाक्य, अभिनेता सुमन सिंह प्रतियोगिताका निर्णायक थिए। कार्यक्रममा गोपाल ढकाल (छन्दे)ले हाँस्य प्रस्तुति दिएका थिए। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell