PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोलकतालाई दुई उपाधि दिलाएका गौतम गम्भीर दिल्लीको कप्तानबाट हटे, अब २३ वर्षीय श्रेयास अयेरले नेतृत्व गर्ने



पहिलोपोस्ट

कोलकतालाई दुई उपाधि दिलाएका गौतम गम्भीर दिल्लीको कप्तानबाट हटे, अब २३ वर्षीय श्रेयास अयेरले नेतृत्व गर्ने

काठमाडौं : जारी आइपीएलमा खेलेका ६ मध्ये ५ खेलमा पराजति भएपछि दिल्ली डेयरडेभिल्सका कप्तानबाट गौतम गम्भिर हटेका छन्। उनले आफ्नो रिकमेन्डेसनमा २३ वर्षीय युवा ब्याट्सम्यान श्रेयास अयेरलाई नयाँ कप्तानमा नियुक्त गरिएको छ।

‘अंक तालिकामा हामी जहाँ छौँ म त्यसको पुरा उत्तरदायित्य लिन्छु,’ गम्भिरले भनेका छन्’ ‘मलाई लाग्छ मैले अझै राम्रो गर्न सकेको छैन। मैले लिडरको रुपमा रेस्पोन्सबिलिटी लिनुपर्ने हो। मेरो विचारमा यो नै सही समय हो किनकी अझै पनि हाम्रो लागि अवसर छ। यो नितान्त मेरो निर्णय हो। मलाई फ्रेन्चाजबाट कुनै दबाब छैन।‘

सन् २०१२ र २०१४ मा कोलकतालाई आफ्नै कप्तानीमा उपाधि दिलाएका गम्भिर यसै सिजन दिल्लीमा फर्केका थिए।

गम्भिरले यस सिजन ५ खेलमा ८५ रन मात्र बनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell