PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यी हुन् फ्री मा रसिया गएर विश्वकप फुटबल हेर्ने ४० नेपाली



पहिलोपोस्ट

यी हुन् फ्री मा रसिया गएर विश्वकप फुटबल हेर्ने ४० नेपाली

काठमाडौं : कोकाकोला नेपालले संचालन गरेको उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियान अन्तर्गत भाग्यशाली विजेताको छनोट भएको छ। उनिहरु सबैले रसिया पुगेरे त्यहाँ लाग्ने सम्पूर्ण खर्चसहित कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन्।

यो योजना फेब्रुअरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ सम्म लागु भएको थियो। जसबाट ४० जना भाग्यसाली विजेताले रसिया जाने अवसर पाउने छन्।

यसैगरी १८ जना भाग्यसाली उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन्। साथै १० हजार भन्दा बढिले फिफाको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जितेका छन्।

यो क्याम्पेनको दौरान भाग्यशाली बनेका विजेताले भनेका थिए ‘म रसिया ट्रिप बिजेता बनेको दिनलाई कहिल्यै भुल्न सक्दिन। म रसिया घुम्न निकै उत्साहित छु र त्यो क्षणलाई म नेपाली तरिकाले मनाउन चाहन्छु। नेपाली पोशाकमा, हातमा नेपाली झण्डा लिएर र मेरो टाउको माथि उठाउने छु। नेपाली परिचयसँगै नेपाली झण्डा र दौरासुरुवालमा खेल मैदानमा पुग्ने छु।’

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले यस क्याम्पेनबाट आपूहरु निकै खुसी भएको बताए। यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले पनि यस क्याम्पेन अविस्मरणिय रहेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell