PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोटमा नेपालको दुवै टोली विजयी



पहिलोपोस्ट

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोटमा नेपालको दुवै टोली विजयी

काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोटअन्तर्गत तेस्रो दिनको खेलमा नेपालको ब्वाइज र गर्ल्स दुवै टिमले जित हात पारेका छन्।

राउण्ड रोविनअन्तर्गत ब्वाइजतर्फको खेलमा नेपालले पाकिस्तानलाई २-१ ले हरायो भने गर्ल्सतर्फ भुटानलाई ३-० ले पराजित गर्‍यो।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा बुधवार नेपाली ब्वाइज टिमका अकी जुबेन रावतले पाकिस्तानका बिलाल असिमलाई ६-२, ६-२ ले पराजित गरे भने आरभ सम्राट हाडा हमिद इस्रारसँग ६-२, ६-३ ले पराजित भए। तर यी दुई खेलाडी रहेको नेपाली जोडीले पाकिस्तानका बिलाल र मोहमद हुजाइफा खानको जोडीलाई ६-०, ६-१ ले पराजित गर्दै नेपाललाई जिताए।

यस्तै गर्ल्समा नेपालकी अजा रेग्मी र शुभाङ्गी लक्ष्मी शाहले सिंगल्स तर्फ भुटानका कर्मा युदेन दोर्जी र तेन्जिन वाङगसेललाई पराजित गरे भने डबल्समा पनि जित हात पारे।

प्रतियोगितामा ब्वाइजतर्फ ५ तथा गर्ल्सतर्फ ४ टिमको सहभागिता रहेको छ।

यस छनोट प्रतियोगिताबाट ब्वाइज र गर्ल्स दुवै विधामा पहिलो र दोस्रो हुने टोली आगामी नोभेम्वरमा काजाकस्तानमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell