PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साउथ सुडानमा खटिएका नेपाली सेनालाई यौन दुर्व्यहारको आरोप, सेनाले भन्यो - दोषी भए कारबाही गर्छौँ



साउथ सुडानमा खटिएका नेपाली सेनालाई यौन दुर्व्यहारको आरोप, सेनाले भन्यो - दोषी भए कारबाही गर्छौँ

काठमाडौँ : साउथ सुडानमा खटिएका नेपाली सैनिकमाथि यौन दुर्व्यहारको आरोप लागेको सम्बन्धमा संयुक्त राष्ट्र संघको मिसन (अनमिस) ले छानबिन थालेको बताएको एक दिनपछि नेपाली सेनाले पनि यो विषयमा विज्ञप्ति प्रकाशित गर्दै छानबिन भइरहेको बताएको छ। 

सेनाले यो विषयमा अनमिस मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानबिन समिति गठन गरी कार्य अघि बढिसकेको र समसतिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारबाही गरिने स्पष्ट पारेको छ। 

अनमिसका अनुसार गत १३ अप्रिलका दिन साउथ सुडानको राष्ट्रसंघीय बेसमा रहेको काँडेतार नाघेर भित्र पस्दै गरेकी चार किशोरीहरुमध्ये एकलाई नेपाली शान्ति सैनिकले रकम दिएर अनुचित रुपमा छोएका थिए। 

अनमिसका अनुसार बलात्कार भएको आरोप भने छैन। 

अनमिसले नेपालले अनुसन्धान थाल्नुभन्दा अघि तत्काल इमिडियट रेस्पन्स टिम खटाई सूचना र प्रमाण सुरक्षित राखेको जनाएको छ। अनमिसबाट स्वतन्त्र रहेको अफिस अफ इन्टरनल ओभरसाइट सर्भिसेजलाई पनि यो विषय रिपोर्ट गरिएको छ। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell