PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कहिँ कतै' निर्मात्री उमाको अारोपः निर्देशक सवीर स्वार्थी, सुटिङसम्म मात्र साथ



पहिलोपोस्ट

'कहिँ कतै' निर्मात्री उमाको अारोपः निर्देशक सवीर स्वार्थी, सुटिङसम्म मात्र साथ

काठमाडौं: साउन २५ मा प्रदर्शन हुने फिल्म 'कहिँ कतै' को गीत सार्वजनिक भएको छ। गाैरभ दर्पण 'झ्वाँईया झान' बोलको गीतमा सचिन सिंहको संगीत, गायिका सृजना सिलवाल र सचिनकै स्वर रहेको छ। 

गीतमा फिल्मका मुख्य दुई डेब्यु कलाकार सिवानी गिरी र सोनम बर्फ़ुङ्गपालाई फिचर गरिएको छ। रेनिश फागोको रंग संयोजनमा तयार भएको गीतमा कविराज गहतराजको करियोग्राफी रहेको छ। सात महिनाअघि नै युट्युवमा सार्वजनिक गरिएको गीतलाई फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको पहिलो प्रचार सामाग्री रूपमा सार्वजनिक गरेको हो। 

 सवीर श्रेष्ठ फिल्मका निर्देशक हुन्। उनी आफ्नै फिल्मको गीत सार्वजनिक कार्यक्रममा भने अनुपस्थित थिए।  

कार्यक्रममा फिल्मकी निर्मात्री उमा गिरीले निर्देशक सवीरसँग फिल्मको सम्बन्ध बिग्रिएको प्रस्ट पारिन्। सवीरले सुटिङ सकेर सिक्किमबाट काठमाडौँ फर्केका बताइन् ।

निर्देशकले सुटिङ मात्र नभई अन्य प्रोडक्सनको काममा साथ दिनुपर्नेमा सवीरले नदिएको उनले आरोप लगाइन्। 'उहाँ स्वार्थी डाईरेक्टर हुनुहुँदो रहेछ,' उमाले भनिन‌्। निर्देशक सवीर भने यतिखेर आफ्नो अर्को फिल्म बाँध मायालेको काममा व्यस्त छन्। 

सिवानी र सोनामले भने फिल्ममा आफूहरूले निकै मिहिनेत गरेको बताए। फिल्ममा अभिनेता दिलिप रायमाझीको पनि मुख्य भूमिका रहेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell