PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सांसद नवीनाको बिहेमा माइती मानिएका ओली ढिला पुगे, देउवा टाइममै  

सांसद नवीनाको बिहेमा माइती मानिएका ओली ढिला पुगे, देउवा टाइममै  


काठमाडौं :  प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना प्रदान कार्यक्रम जारी रहेको छ।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन्।

प्रधानमन्त्री ओली दिउँसो १ बजे आइपुग्ने कार्यक्रम रहे पनि उनी ३ बजेमात्र शुभकामना दिन आइपुगे। कांग्रेस सभापति भने एक बजे नै शुभकामना दिन पुगे।

प्रधानमन्त्री ढिला पुगेपछि माइति नै ढिला भएको भन्दै स्वागत गर्न बसेकाले गुनासो गरेका थिए। सांसद लामाको बिहेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,  नेताहरु प्रकाशमान सिंह, धनराज गुरुङ, चन्द्र भण्डारी लगायत पुगेका थिए।

यसैगरी एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शेरधन राई, शंकर पोखरेललगायत पनि पुगे।


ट्रेन्डिङ पोस्ट

Ncell