PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइसीसीले दियो १०४ वटै सदस्यलाई टी-२० मान्यता, नेपालबारे यस्तो निर्णय



पहिलोपोस्ट

आइसीसीले दियो १०४ वटै सदस्यलाई टी-२० मान्यता, नेपालबारे यस्तो निर्णय

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले आफ्नो १०४ वटै सदस्य राष्ट्रलाई टी-२० मान्यता प्रदान गर्ने घोषणा गरेको छ।

भारतको कोलकतामा भएको आइसीसी  बोर्ड बैठकको अन्तिम दिन बिहीवार पत्रकार सम्मलेनमा उक्त निर्णय भएको आइसीसीले जनाएको छ। महिला र पुरुषको टी-२० फर्म्याटलाई ग्लोबलाइज गर्ने वृहत उदेश्यका साथ आइसीसीले यस्तो कदम चालेको जनाएको छ।

यस्तै रिचर्डसनले अब टी-२० फर्म्याटको ग्लोबल र्‍याङकिङ सिस्टम समेत चाँडै नै लन्च गर्ने बताएका छन्।

अहिले आइसीसीको १८ मेम्बर राष्टसँग टी-२० को मान्यता छ। जसमा १२ फुल मेम्बरसँगै नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, युएई, हङकङ र ओमान छन्।

'महिलाको सबै खेललाई २०१८ जुलाई १ बाट टी-२० मान्यता प्रदान गरिनेछ। यस्तै सबै पुरुष खेललाई सन् २०१९ जनवरी १ बाट टी-२० अन्तर्राष्ट्रिय मान्यता दिइनेछ।' रिचर्डसनले भने।

यस्तै आइसीसी च्याम्पियनसिप ट्रफीको सट्टामा सन् २०२१ मा पनि टी-२० वर्ल्डकप गर्ने निर्णय आइसीसी बोर्ड बैठकले गरेको छ। आइसीसीका मिडिया एण्ड कम्युनिकेसन हेड सामी उल हसनले सन् २०१९ देखि २०२३ सम्मको फ्युचर टुर प्रोग्राम (एफटिपी) अन्तर्गत वर्ल्ड टेष्ट च्याम्पियनसिप सन् २०२१ र २०२३ मा हुने ट्वीटमा जनाएका छन्।

यस्तै आइसीसीको बोर्ड मिटिङले निम्वनमा परेको नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थाबारे अपडेट प्राप्त गरेको र एड्भाइजरी कमिटीले बनाएको विधान क्यानको विशेष साधारण सभाले पारित गरेको उल्लेख गरेको छ। आइसीसीले अब क्यानको पुन: स्थापना हुनको लागि नयाँ संसोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell