PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट : नेपालको दुवै टिम फाइनलमा



पहिलोपोस्ट

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट : नेपालको दुवै टिम फाइनलमा

काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको ब्वाइज र गर्ल्स टिम दुवैमा फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित घरेलु टेनिस कवर्टमा बिहीवार भएको सेमिफाइनलमा ब्वाइजतर्फ नेपालले पाकिस्तानलाई २-१ ले हरायो। यस्तै गर्ल्समा नेपालले श्रीलंकालाई २-० ले पराजित गर्‍यो।

नेपालले अब ब्वाइज र गर्ल्स दुवै विधाको फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोविन लिगमा नेपालको दुवै टोली भारतसँग नै पराजित भएको थियो। अर्को सेमिफाइनलमा ब्वाइजतर्फ भारतले श्रीलंका तथा गर्ल्सतर्फ भुटानलाई समान २-० ले हरायो।

ब्वाइजतर्फ नेपालका अकि जुवेन रावतले पाकिस्तानका मोहमद खानलाई ६-३, ६-३ ले पराजित गर्दै १-० को अग्रता दिलाएका थिए। दोस्रो सिंगल्समा पाकिस्तानका इस्रार अहमदले नेपालका आरभ सम्राट हाडालाई ७-५, ६-७, ६-० ले पराजित गर्दै खेल बराबरी गरे। तर डबल्समा नेपालट्ठ जोडीले पाकिस्तानी जोडीलाई ६-२, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

यस्तै गर्ल्सतर्फ नेपालकी अजा रेग्मीले श्रीलंकाकी रुवी राजाकरुणालाई ६-३, ३-६, ६-२ ले पराजित गरिन् भने शुभाङ्गी लक्ष्मी शाले टि ए हसाली आर गजाबाबाट वाक ओभर पाइन्। नेपाली खेलाडीले ४-१ ले लिड गरिरहेको बेला श्रीलंकाली खेलाडी रिटायर्ड भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell