PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

असोज १९ मा ऋषिराजको ‘ड्रिम गर्ल’



पहिलोपोस्ट

असोज १९ मा ऋषिराजको ‘ड्रिम गर्ल’

काठमाडौंः ‘ड्रिम गर्ल’ फिल्मको प्रदर्शन मिति हेरफेर भएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ड्रिम गर्ल दसैँको उपहार स्वरूप असोज १९ गते दर्शकमाझ आउने जानकारी दिएका छन्। 

प्रेमकथानक फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन विक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैँडा,लक्ष्मी गिरी,रश्मि भट्ट, सुरवीर पण्डितलगायतको अभिनय रहेको फिल्ममा दुई करोड भन्दा बढी लगानी रहेको निर्माण पक्षले दाबी गरेको छ। 

आरबि मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माण निर्देशक ऋषिराजसँगै, अर्जुन शर्मा र रामेश्वर घितालले गरेका हुन्। 

दक्षिण भारतीय रिल एण्ड रियल सिनेमा कम्पनी सहनिर्माता रहेको फिल्मको सुटिङ काठमाडौँ, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा भएको हो। फिल्मलाई राहुल राईले खिचेका हुन्। 

फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर विष्टको कोरियोग्राफी छ। फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन्।

निर्देशक ऋषिराजका अनुसार फिल्म पहिला देशबाहिर प्रदर्शन गर्न लागिएको छ। फिल्म पहिला अस्ट्रेलिया, युरोप तथा  खाडी मुलुकहरूमा प्रदर्शन गर्ने तयारीमा रहेको उनले जानकारी दिए। 

जुन महिनाको दोस्रो साता कतार र तेस्रो साता पोर्चुगर्लमा विशेष सो हुने छ। त्यस्तै अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन गर्ने तयारीमा रहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell