PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्याद सकिन लागेपछि राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी



म्याद सकिन लागेपछि राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी
फोटो : राष्ट्रपति कार्यालय

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा चिकित्सा शिक्षा अध्यादेश २०७५ जारी गरेकी छिन्। 

छलफलकै क्रममा अघिल्लो संसद्को कार्यकाल सकिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा २०७४ कातिक २४ मा अध्यादेश जारी भएको थियो। मूल विधेयकको केही दफामा दलहरूको फरक मतका कारण विधेयक पारित हुन सकेको थिएन।

 डा. गोविन्द केसीले उठाएका माग अनुसार सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

संविधान अनुसार संसदको पहिलो बैठक बसेको ६० दिनभित्र यो अध्यादेश पारित नभए निष्क्रिय हुँदै थियो। निष्क्रिय हुनका लागि वैशाख २० सम्मको समय थियो। 

हाल संसद बैठक चालु छैन। संघीय संसद् सचिवालयले संसद्को बजेट अधिवेशन वैशाख २३ गते बोलाउन सरकारसँग प्रस्ताव गरेको छ। त्यसअघि नै विधेयक निश्क्रिय हुने भएकोले  पुनः अध्यादेशमार्फत् जारी  गरिएको हो। 

सरकारले चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रतिस्थापनको तयारी गरिरहेको थियो। 

बिहीबार नै राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश  पनि जारी गरेकी छिन्। देउवा सरकारले सिफारिश गरेको तर एमालेले विरोध गरेको यो अध्यादेश लामो समयसम्म राष्ट्रपतिले रोकेपछि सरकार गठन कार्य नै अवरुद्ध हुन पुगेको थियो। 

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेकी छिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell