PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ३ ले प्रदेश १ लाई हरायो, प्रतिस जिसीको उत्कृष्ट बलिङ

यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ३ ले प्रदेश १ लाई हरायो, प्रतिस जिसीको उत्कृष्ट बलिङ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ३ नम्बर प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ।

समूह बी अन्तर्गत भएको खेलमा प्रतिश जिसीले उत्कृष्ट बलिङ गरेपछि प्रदेश ३ ले २ विकेटको जित हात पारेको हव।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो। टिमको स्कोर १४ हुँदा ५ विकेट गुमाएकव प्रदेश १ को इनिङ्स विवेक मेहताले सम्हालेका थिए। विवेकले छैटौँ विकेटका लागि अभिषेक बरालसँग ४५ तथा दीपेश कँडेलसँग सातौँ विकेटका लागि नटआउट ५० रनको साजेदारी गरे।

विवेकले नटआउट ५६ रन बनाए। दिपेश २४ रनमा नटआउट रहदा अभिषेकले २० रन जोडे।

बलिङमा प्रतिस जिसीले ६ ओभर बलिङ गर्दै १ मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए।

जवाफमा १२० रनको लक्ष्य प्रदेश ३ ले २८ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि सशान्त कार्कीले सर्वाधिक ३२ रन बनाए। यस्तै अशोक पौडेलले २४ तथा सम्भव श्रेष्ठले १२ तथा आइस भट्टराईले १० रन योगदान गरे। अभिषेक बस्नेत १९ रनमा नटआउट रहे।

प्रतियोगिताअन्तर्गत शुक्रवार समूह ए मा रहेका प्रदेश २ र ४ तथा प्रदेश ५ र ७ बीच खेल हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell