PahiloPost

May 24, 2018 | १० जेठ २०७५

जब ड्र्यागन र बाघ मिलेर काम गर्छन्...


पहिलोपोस्ट /पहिलोपोस्ट

जब ड्र्यागन र बाघ मिलेर काम गर्छन्...
  • लरेन्स ब्राह्म-

ड्र्यागन र बाघ एसियाका दुई प्राचीन प्रतीकहरू हुन्। यी दुईले चीन र भारतको गतिशीलता र सामर्थ्वलाई जनाउँछन्।  प्राचीन चिनियाँ जियोमेन्सी विज्ञान (फेङ सुई)ले समृद्धि र शान्तिलाई प्रत्याभूत गराउन दुवैबिचको सन्तुलन र तालमेललाई कायम राख्न ड्रयागन र बाघको आवश्यकतालाई जोड दिएको छ।

हिन्दु परम्परा अनुसार भगवान विष्णुले नाग अथवा साँप ड्र्यागनको विस्तार बनाएर सपना देख्दै स्थिरता र समृद्धिको सबै अस्तित्व कायम राखेका थिए। दुवै देश हाम्रो विश्वका सम्पदा र संस्कृतिको प्रमुख स्रोतको रूपमा रहेका छन्। यस्तो प्रतीकात्मक सन्देश दुवै देशका नेताहरूबिच पाँच हजार वर्ष पुरानो निरन्तरको इतिहास, संस्कृति तथा आर्थिक साझेदारमा समेत कम भएको छैन। 

चीनका राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच यही अप्रिल २८ र २९ २०१८ मामध्ये चीनको बुहानमा भेट गरेका छन्। यो भेट सम्भवत प्राचीन सिल्क रोडलाई पुनः सुरु गर्ने सम्भावनाको सन्देश हो। १००० वर्ष पुरानो सिल्क रोडको सञ्जालले हाम्रो ग्रहको व्यापार तथा व्यवसायको प्रतिनिधित्व गर्छ। चीन र भारत दुवैको ऐतिहासिक धरातलबाट हेर्दा दुई सय वर्ष भन्दा लामो साम्राज्यवादी र नव साम्राज्यवादी र नव उदारवादी युगमा परम्परागत विनियम मार्गहरूलाई केही अवरोधहरू र धेरै साझा इतिहासहरू रहेका छन्।

अहिले यो समय ती सबैलाई पुन फर्काउने बेला हो। राष्ट्रपति सी र प्रधानमन्त्री मोदीले यही हप्ता बुहानमा हात मिलाएका छन्। यसले ऐतिहासिक अवसरलाई प्रतिनिधित्व गर्दछ। हो, यो प्राचीन, नयाँ रणनीतिक गठबन्धनले विश्वमा एउटा गेम चेन्जरको रूपमा प्रमाणित गर्न सक्छ। 

नीतिगत साझेदारीका माध्यमबाट यी दुई शक्तिहरू स्मार्ट पूर्वाधार एकीकरणको माध्यमबाट प्रविधि, दूरसञ्चार र डिजिटल वित्तमार्फत मेघा प्रवृत्तिलाई तोड्न सक्छन्। 

आज चीन आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता) र क्वान्टम सञ्चारका क्षेत्रमा विश्व जगतमा बृहत् एकल लगानीकर्ताको रूपमा उभिएको छ। भारत सफ्टवेर आउटसोर्सिङ र आइटी कन्सल्टिङको क्षेत्रमा विश्वको नेतृत्व हो। दुवै देश डिजिटल वित्त, सेलफोन बैंकिङ प्रणालीका ठुला लगानीकर्ता र प्रयोगकर्ता हुन्। दुवै देशले अधिकांश पिछडिएका गाउँहरूमा अग्रगामी वित्तीय सशक्तीकरणका माध्यमबाट कम लागतका स्मार्ट फोन प्रवेश गरी बलियो उपस्थिति जनाएका छन्। 

सिलिकन भ्यालीमा अब नवअन्वेषणको भविष्य छैन। तर, चीनको ग्रेट वे (शेन्जेन–हङकङ)बाट भारतको ब्याङलोरसम्म फैलिएको छ। 
चीनको बेल्ट एण्ड रोडले एकीकरणको एउटा खाका प्रस्तुत गरेका छन्। त्यस्तै भारतको ‘एक्ट इष्ट पोलिसी’ ले पनि त्यस्तै खाका प्रस्तुत गरेको छ। पछिल्ला वर्षहरूमा हरेक वर्ष काठमाडौँमा आयोजना हुने हिमालय कन्सेन्स समितिलेसमेत चीन र भारतका दुवै नीतिलाई अलगअलग र पृथक रूपमा देख्नुभन्दा एक अर्काका अभिन्न र सहकार्यको रूपमा लिनुपर्ने बताउँदै आएको छ। 

चीनसँगै, भारत एसियाली पूर्वाधार लगानी बैंक र ब्रिक्सका दोस्रो ठुलो लगानीकर्ता हो । यस्तोमा भारत चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा भाग नलिनु भनेको यथार्थलाई अस्वीकार गर्नु जस्तै हो। दुवैले बिआरआईको आर्थिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दछन्। पूर्वाधार र सञ्चारका क्षेत्रमा दुवै देशले अभिन्न सहकार्यमार्फत मात्र उनीहरूको विकास नीति प्राप्त गर्न सक्छन्। यस्ता पूर्वाधारहरू स्मार्ट, ग्रिन र ब्लु हुनु आवश्यक छ। वास्तवमै चीन र भारत चलायमान अर्थतन्त्रका लागि नवीकरणीय ऊर्जाको उत्सर्जनका क्षेत्रमा नेतृत्वकर्ता हुन्। वातावरण र जलवायु परिवर्तन जस्ता जटिल मुद्दाहरूमा सूचना र नीति साझेदारी आवश्यक छ। 

दुवै देश हाम्रो ग्रहको पानीको प्रमुख स्रोत हिमालय, हिमनदीका खजनाहरु हुन्। हिमनदीबाट बगेका नदीहरू मध्य, दक्षिण तथा दक्षिण पूर्वी एसियाका एक चौथाइ जनसङ्ख्याका लागि पानीका मुख्य स्रोत हुन्।  हजारौँ अन्तरदेशीय नदीहरूले पानीको परिचालन र स्वच्छतामा चुनौती दिएका छन्। दुई नेतृत्वदायी क्षेत्रीय शक्ति राष्ट्रका नताले चीन र भारतले पानी, खाद्यान्न, स्वास्थ्य सुरक्षासँगै प्राकृतिक विपत्ति, बसाइसराई, र क्षेत्रीय अस्थिरताका समस्याहरूलाई समाधान गर्नका लागि मिलेर काम गर्न आवश्यक छ। 

यो महत्त्वपूर्ण कारणमा भारतका प्रवुद्ध व्यक्तित्व तथा हिमालय कन्सेन्सस बोर्डका सदस्य प्राध्यापक महेन्द्र लामाले २०१६ मा काठमाडौँमा भएको हिमालय कन्सेन्सस समिटमा क्षतिको न्युनिकरण भन्दा पनि समस्याहरूको सम्बोधन मार्फत बसाई सराइको समस्या समाधानका लागि वैकल्पिक रूपमा एउटा जनस्तरमा र थिंक ट्यांक मेकानिजम स्थापना गर्ने प्रस्ताव गरेका थिए।

२०१८ को मिहालय कन्सेन्सस समिटिमा युन–चीन क्षेत्रीय निर्देशक निकोलस रोसलीनीले चीन– भारत सम्बन्ध सुधार गर्ने उद्देश्यले पर्यावरण र प्राविधिका क्षेत्रमा छलफल गर्न एजेन्डा २०१८ ‘युनडीपी–हिमालय कन्सेन्स ‘सिल्क रोड डायलग’को घोषणा गरेकी थिइन्। 

भारतकी पूर्व विदेशसचिव तथा हिमालय कन्सेन्स बोर्डकी सदस्य निरुपमा रावले हिमालय चार्टरलाई हिमालय परिषदको स्थापना गर्न माग गरेकी थिइन्। यो काउन्सिलमा इसिमोडका महासचिव तथा बोर्डका सदस्य डेभिड मोल्डेनले प्रस्ताव गरे अनुसार यस क्षेत्रका सरकारहरूले जलवायुका मुद्दाहरूमा आफ्ना विचार व्यक्त गर्न सक्ने छन्। 

वैश्वीक अस्थिरताको यो समयमा, अल्पकालीन फाइदाका लागि दीर्घकालीन जलवायु र मानवीय गौरवलाई नजरअन्दाज गर्दै पश्चिमा नेताहरू तथा नीति निर्माताहरूमा इच्छा शक्ति हराएको यो वेलामा हाम्रो ग्रहले जलवायु समस्या र युद्धबाट उन्मुक्ति पाउने उपायहरू खोजिरहेको छ। विश्वलाई गहिरो दार्शनिक आधारहरू प्रदान गरेका दुई प्राचीन देशहरूबाट सुसमाचारको सन्देश प्राप्त हुनु स्वागतयोग्य हुनेछ। यरोपले सन्तुलित रूपमा सोच्नुपर्छ। चीन र भारत सबैभन्दा ठुलो लगानीकर्ता रहेको अफ्रिकाले समीकरण स्पष्ट रूपमा देख्न सक्छ। दक्षिण अमेरिकाले पनि यही कोणबाट सोचिरहेको हुन सक्छ। 

यो समय कुनै पनि राष्ट्रले आफूलाई पहिलो राख्न नसक्ने समय हो। सबैले स्थितरताका लागि एक जुट र सहकार्य गरेर काम गर्न अनिवार्य छ। नत्र हाम्रो ग्रहको अस्तित्व नै खतरामा पर्न सक्छ। सबैका लागि साझेदारी गर्ने उद्देश्यका लागि ‘मानवका लागि साझा भविष्यको समुदाय’ भन्ने अवधारणलाई स्वीकार गर्ने बेला आएको छ। यो समय ‘एक्ट इष्ट’को हुन सक्छ र ‘लुक वेस्ट’ को नहुन सक्छ।
-(लरेन्स ब्राह्म हिमालय कन्सेन्ससका संस्थापक निर्देशक हुन्। हिमालय कन्सेन्ससले हरेक वर्ष काठमाडौंमा हिमालय कन्सेन्स समिट आयोजना गर्दै आएको छ। हालै चाइना डेलीमा प्रकाशित लरेन्सको लेखलाई विधुर ढकालले गरेको भावानुवाद।)
 


जब ड्र्यागन र बाघ मिलेर काम गर्छन्... को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट