PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


'मोदीको चीन भ्रमण चिया गफमै सीमित, काम नहुँदा घुम्न गए'


पहिलोपोस्ट

'मोदीको चीन भ्रमण चिया गफमै सीमित, काम नहुँदा घुम्न गए'

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा भारतभित्रै असन्तुष्टि पोखिएको छ।
 
प्रधानमन्त्री मोदीले भ्रमण फलदायी भएको बताइरहेका बेला भारतमै मोदीको भ्रमणलाई ‘चिया गफ’मै सीमित रहेको आरोप लागेको छ। शिवसेनाले प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपछिसँगको भेटमा महत्त्वपूर्ण द्वीपक्षीय विषयहरु उठान गर्न नसकेको आरोप लगाएको छ। 

भारतीय सत्तारुढ गठबन्धनको एक हिस्साको रुपमा रहेको उद्धब ठाकरे नेतृत्वको शिवसेनाले भनेको छ, ‘मोदी चिनियाँ राष्ट्रपतिसँग चिया गफ गर्नु भएको छ, तर, अर्को वर्ष हुने निर्वाचन अगाडि भएको सो गफमा उनले विवादस्पद विषयहरु उठान गर्न चुकेका छन्।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दोक्लमको सीमा विवाद, चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक)का विषयमा चिनियाँ पक्षसँग कुरा उठान गर्न चुकेको शिवसेनाको मुखपत्र सामानाको सम्पादकीयमा उल्लेख भएको डीएनए इण्डियाले जनाएको छ। 

मोदीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा नेहरुको पञ्चशीलको सिद्धान्तलाई अगाडि सारेको भन्दै शिवसेनाले आलोचना गरेको छ। 
‘पण्डित नेहरुको चीनसँगको मित्रता भारतको लागि व्याक फायर भएको छ, मोदीले त्यसलाई सल्टाउने अवसर गुमाए, अझै पनि मोदीले चीनसँगको विवादलाई नेहरुकै पञ्चशीलका सिद्धान्तका आधारमा सल्टाउने कोसिस गरिरहेका छन्,’ शिवसेनाले भनेको छ। 

शिवसेनाले मोदीको चीन भ्रमणलाई एजेण्डविहीन भएको समेत आरोप लगाएको छ। उसले विदेश मन्त्रालयले दुई दिने भ्रमणलाई एजेण्डा दिन नसकेको आरोप लगाएको हो।

‘यसको मतलव देशका प्रधानमन्त्रीले कुनै काम पाएनन्, त्यसैले पनि उनी घुमघामका लागि चीन गए,’ अगाडि भनिएको छ।



'मोदीको चीन भ्रमण चिया गफमै सीमित, काम नहुँदा घुम्न गए' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट