PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

न्युरो सर्जन देवकोटा आफ्नै अस्पतालमा उपचार गराउँदै : भेट्न पुगे प्रचण्ड



पहिलोपोस्ट

न्युरो सर्जन देवकोटा आफ्नै अस्पतालमा उपचार गराउँदै : भेट्न पुगे प्रचण्ड
फोटो: देवकोटाको फेसबुकबाट

काठमाडौं: बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। दाहालले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ।

१० मिनेट अस्पतालमा बसेका दाहालले डा देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएका हुन्।  

बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत शनिवार नेपाल ल्याइएको हो। नेपाल आएदेखि उनी अस्पतालमै छन्। उनको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको विज्ञप्तिमा जनाइएको छ। स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि डा देवकोटा उपचारका लागि श्रीमती डा मधु दीक्षितसहित ५ महिनाअघि बेलायत पुगेका थिए।

डा देवकोटालाई लागेको रोग तथा स्वास्थ्य समस्याका विषयमा अस्पतालले जानकारी दिएको छैन। उनको उपचार सघन रूपमा चलिरहेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालमा डा देवकोटासँगको भेटघाटमा पूर्णरुपमा नियन्त्रण गर्नुपरेको अस्पतालले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell