PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओली सरकार आएपछि तेस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ, आज रातिदेखि पेट्रोल, डिजल र मट्टितेलमा मूल्यवृद्धि



ओली सरकार आएपछि तेस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ, आज रातिदेखि पेट्रोल, डिजल र मट्टितेलमा मूल्यवृद्धि

काठमाडाैं : नेपाल अायल निगमले पेट्राेल, डिजल तथा मट्टितेलकाे मूल्य आज मध्यरातदेखि लागू हुने गरी बढाएको छ। 

पेट्राेलमा प्रति लिटर २ रूपैयाँ तथा डिजल र मट्टितेलमा क्रमशः ३/३ रूपैयाँ मूल्य बढाइएकाे छ।  याे मूल्य समायाेजनपछि काठमाडौँमा पेट्राेल प्रति लिटर १ सय ८ रूपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर ९० रूपैयाँ उपभाेक्ताले तिर्नुपर्नेछ।

ओली सरकार आएपछि तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पछिल्लो पटक वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रति लिटर मूल्य बढाइएको थियो।

ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रति लिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो। त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन (प्रति लिटर ८५ रुपैयाँ थियो)।

निगमका प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार नयाँ मूल्यमा निगमलाई पेट्राेलमा प्रतिलिटर १ रूपैयाँ ९० पैसा नाफा र डिजल र मट्टितेलमा १ रूपैयाँ २२ पैसा घाटा छ। त्यसैगरी एलपीजी ग्यासमा ६४ रूपैयाँ २९ पैसा घाटा रहेकाे गाेइतको भनाई छ। निगमको मासिक नाफा २१ करोड छ। 

अहिलेकाे मूल्य बढ्नुमा डलरकाे वृद्धि र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्यव‌ृद्धि प्रमुख कारण भएकाे निगमका कामु कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell