PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चर्चा सुनकै : स्वास्थ्यका लागि कति हानिकारक छ सुनका गहना?



पहिलोपोस्ट

चर्चा सुनकै : स्वास्थ्यका लागि कति हानिकारक छ सुनका गहना?
Photo : World Gold Council India

तपाईँले सुन भनेर लगाइरहेको चम्किलो सबै धातु सुन मात्र हैन्, त्यसमा प्रयोग गरिएको हुन्छ— 'क्याडियम'। क्याडियम अर्थात् 'जर्ती'। धेरैलाइ थाहा नहोला सुनको गहनामा अत्यधिक प्रयोग हुने क्याडियमले छालाको क्यान्सर हुन्छ।

सुनको जर्तीमा प्रयोग  हुने क्याडियमले छालाको रोगहरु लाग्छ। क्याडिमकै कारण क्यान्सर जस्तो धेरै खतरनाक रोगहरु लाग्ने पत्ता लागेको लेन्थटेक डट कमले लेखेको छ।

पछिल्लो समयमा गरिएको विभिन्न अध्यन अनुसन्धानलाई मान्ने  हो भने  सुनको गहना लगाउने मानिसहरु घातक रोग लगाउने तत्व बोकेर हिँडेका छन्। अझ भनौ सुनको काम गर्ने लाखौ मानिसहरुको जीवन जोखिममा रहेको छ। त्यसैले सुनको जर्तीको रुपमा प्रयोग हुने क्याडियमलाई विशाक्त धातुको उपमा दिइएको छ। अहिले सुनमा आवश्यक भन्दा बढी क्याडियम प्रयोग गर्ने गरेको समेत उल्लेख छ।

चिकित्सकहरुका अनुसार क्याडियमले किड्नी फेल गराउने र किड्नीमा समस्याहरु निम्त्याउने काम गर्छ। यति मात्र हैन हड्डी कमजोर बनाउने र बच्चाहरुलाई घातक असर गर्छ।

सुनको गहनामा प्रयोग हुने क्याडियमले सामान्य शारीरिक विकारदेखि लिएर गम्भीर मनोवैज्ञानिक असर पार्ने चिकित्सकहरु बताउँछन्। क्याडियमले  सम्भावित डिएनएमा असर र महिलाहरुको प्रजनन क्षमतामा समेत घटाउँछ। त्यस्तै रोग प्रतिरोधात्मक क्षमता समेत घटाउँछ।
    
विभिन्न अध्ययन अनुसन्धानहरुलाई आधार मान्ने हो भने महँगो धातु सुन विषाक्त धातुको रुपमा परिणत भएको छ। किनकि, यसमा आवश्यक भन्दा बढी विषाक्त पदार्थ क्याडियमको प्रयोग गरिन्छ। अत्यधिक क्याडिमको संयोजनको बिना गहना बनाउने ट्रेण्ड नै छैन।

स्वास्थ्य मानिसलाई भन्दा दीर्घ रोगीहरुलाई सुनले धेरै असर गर्ने चिकित्सकहरु बताउँछन्। दीर्घ रोगीहरुलाई क्याडियमले एलर्जी गर्ने र रोगसँग लड्ने क्षमतामा असर गर्ने भएकाले सुन रोगीहरुको लागि झनै घातक सिद्ध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell