PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मार्क्स अहिले पनि सान्दर्भिक छन् त? 



मार्क्स अहिले पनि सान्दर्भिक छन् त? 

  • पिटर सिनर-

सन् १९४९ देखि ४० वर्षसम्म जब बर्लिनको पर्खाल ढलेको थियो, त्यति बेलासम्म माओत्सेत्तुङले चीनको गृहयुद्धमा विजयी प्राप्त गरेका थिए। यति बेलासम्म कार्ल मार्क्सको ऐतिहासिक महत्त्व असुरक्षित नै थियो। 

विश्वका १० मध्ये ४ मानिसहरू मार्क्सवादी भनिएका सरकारको नेतृत्वमा थिए। र, धेरै देशहरूमा मार्क्सवाद वामपन्थीहरूको प्रभावशाली विचारधारा थियो। दक्षिणपन्थीहरूको नीति भनेको मार्क्सवादलाई प्रतिरोध गर्नमै केन्द्रित। 

जब सोभियत युनियनमा साम्यवादी व्यवस्था र यसका भूउपग्रहहरु ढले, जबकि मार्क्सको प्रभाव कम हुँदै गयो। 

सन् १८१८ मे ५ मा जन्मिएका कार्ल मार्क्सको द्विशतवार्षिकी मनाइरहँदा अझै पनि उनका भविष्यवाणी झुट हुन्, उनका सिद्धान्तहरू विश्वसनीय छैनन्, उनका विचारहरू अपरिचित छन् भन्ने आरोपबाट टाढा रहेनन्। यति हुँदा हुँदै यो २१ औँ शताब्दीमा उनको यो विरासतलाई हामीले किन बोकिरहेका छौँ ?

आफैलाई मार्क्सवादी भन्नेहरूको तानाशाही शासनले नै मार्क्सको विश्वस्नीयता धरापमा पारे। जबकि मार्क्सले ती सबै अपराधहरूलाई समर्थन गर्थे भन्ने कुनै विश्वसनीय आधारहरू छैनन्। तर, पनि सोभियत ब्लक र माओको अधीनमा रहेको चीनमा भएको अभ्यासले साम्यवाद नराम्रोसँग ढल्यो। उनीहरूलाई पुँजीवादी अर्थतन्त्रले अन्तर्गत रहेका मानिसहरूसँग प्रतिस्पर्धा गर्ने गरी आफ्नो अधीनमा रहेका जनतालाई त्यो मानक जीवनस्तर दिन सकेनन्। 

यी असफलताहरूले मार्क्सको साम्यवादी चरित्रमा त्रुटिहरू भने देखाउँदैनन्। किनभने मार्क्सले यो चरित्रलाई कहिल्यै पनि अंगालेनन्। उनले कहिल्यै पनि कम्युनिस्ट समाजले कसरी काम गर्छ भन्ने तर्फ कुनै पनि चासो राखेनन्। बरु, गम्भीर दोष कम्युनिस्ट विन्दुको विफलताः मार्क्सको मानव प्रकृति प्रतिको गलत दृष्टिभ्रमका कारण भएको हो। अन्तर्निहित वा जैविक मानव प्रकृति जस्तो कुनै पनि वस्तु छैन भन्ने मार्क्सको विचार छ।
 
उनले जीवनको सार सम्बन्धी फोयरबाकको सिद्धान्तमा लेखेका छन्, ‘सामाजिक सम्बन्ध नाटकको पात्र जस्तै हो।’ यदि तपाईँले सामाजिक सम्बन्धहरू परिवर्तन गर्नुहुन्छ भने, उदाहरणका लागि सामाजको आर्थिक आधारहरूलाई परिवर्तन गर्दै र पुजिवादी र मजदुरहरुबीचको सम्बन्ध तोड्ने हो भने नयाँ समाजका मानिसहरू पुजिवादी राज्य मातहत भन्दै धेरै फरक हुने छन्। 

मार्क्स विभिन्न आर्थिक प्राणालीको माध्यमबाट मानव प्रकृतिको विस्तृत अध्ययन विना नै यो निचोडमा पुगे। यो हेगलको इतिहासप्रतिको विचारको प्रयोग हो। हेगलका अनुसार इतिहासको उद्देश्य भनेको मानव स्वतन्त्रताको आत्मा हो। हामीले विश्वव्यापी मानव मस्तिष्कलाई बुझ्न सकेमात्र यो सम्भव छ।

मार्क्सले यो आदर्शवादलाई इतिहासको चालक शक्ति भनेको हाम्रो भौतिक आवश्यकताप्रतिको सन्तुष्टि र वर्ग संर्घषबाट प्राप्त स्वतन्त्रता हो भन्दै भौतिकवादी सिद्धान्तमा रूपान्तरण गरे। कामदार वर्ग विश्वकै स्वतन्त्रतता प्राप्तिका लागि साधन हुन्। यो निजी सम्पत्ति प्रतिको वितृष्णा र उत्पादनमा सामूहिक स्वामित्वलाई बढावा दिन्छ। 

मार्क्सका अनुसार जब कामदार वर्गले उत्पादनमा स्वामित्व प्राप्त गर्छन्, सामूहिक सम्पत्ति निजी सम्पतीभन्दा सहज तरिकाले स्वाभाविक रुपमामाथि आउन सक्छ। वास्तवमै यो वितरण प्रणालीमा समस्या भने ल्याउने छ। 

त्यही कारणले पनि उनले आय र सामानहरूको वितरण कसरी गर्नुपर्छ भन्ने विस्तृतमा खुलाउन आवश्यक ठानेनन्। तर वास्तविकता के हो भने जब मार्क्सले जर्मनका दुई समाजवादी पार्टीलाई एकता गराउने साझा मञ्चको प्रस्ताव राखे त्यति बेला उनले ‘उचित वितरण’ र ‘समान अधिकार’लाई ‘अप्रचलित मौखिक वकवास’को रूपमा व्याख्या गरेका थिए। उनले यसले क्रान्तिलाई अगाडि बढाई अभावको युगको अन्त्य गर्छ भन्ने विश्वास लिए। 

उत्पादन माथिको निजी स्वामित्वलाई हटाउँदैमा मानव प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन भन्ने कुरालाई सोभियत युनियनले प्रमाणित गरिदियो। अधिकांश मानिसहरूले सामूहितामा विश्वास गर्नुभन्दा पनि शक्तिको खोजी, आरक्षण र आफ्नो तथा आफ्नाका लागि सुविधा खोज्न थाले। वस्तुगत रूपमा, अझै पनि आफैलाई मार्क्सवादी भन्ने मुख्य देशहरूमा नै निजी सम्पत्तिको बढोत्तरी सामूहिक सम्पत्तिभन्दा प्रचुर मात्रामा अगाडि आएको खुलस्त छ।  

माओको नेतृत्वमा अधिकांश चिनियाँहरू गरिबीमा बाँचिरहेका थिए। सन् १९७८ पछि माओको उत्तराधिकारीको रूपमा देङ सियापाओ (जसले बिरालोले मुसा समात्ने हो, कालो होस या गोरो यसले फरक पार्दैन भन्ने सोच राखे) आए। उनले निजी व्यवसाय स्थापनाका लागि बाटो खोलिदिए।

त्यसपछि मात्र चीनको अर्थतन्त्र तीव्र गतिमा अगाडि बढ्न थाल्यो। देङको यो परिवर्तनले ८० करोड गरिबीको रेखामुनि रहेका चिनियाँको जीवनस्तर उकालो लाग्यो। तर यसले चिनियाँ समाजमा युरोपेली  समाजभन्दा ठुलो आर्थिक असमानता ल्यायो। यद्यपि चीनले अहिले पनि चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गरिरहेको दाबी गर्दै आएको छ। सामाजवाद के हो भनेर बुझ्न अझै पनि गाह्रो छ। पुजीकाबारेमा एक्लै मार्क्सलाई नै यो जिम्मा दिँउ। 

यदि चीनले मार्क्सको विचारलाई छाडिसकेको हो भने हामीले राजनीतिमा यो निष्कर्ष निकाल्न सक्छौ की उनी अर्थशास्त्रमा जस्तै असान्दर्भिक भइसके। अझै पनि उनको बौद्धिक प्रभाव भने कायम नै छ। उनको इतिहासको भौतिकवादी सिद्धान्त अझै पनि क्षीण रूपमा मानव समाजको दिशा निर्धारण गर्ने शक्तिको रूपमा स्थापित नै छ। 

हामीले यो विश्वास गर्नु हुँदैन्, की मार्क्सले एक पटक चेतावनी दिएका थिए की ह्याण्ड मिलले सामन्ती प्रभुत्वसहितको समाज प्रदान गर्दछ र स्टिम मिलले औद्योगिक पुजीपतिहरुको समाज निर्माण गर्छ भनेर चेतावनी दिएका थिए। एक अर्को लेखमा मार्क्सले यस विषयमा थप वृहत विचार राखेका थिए, जसमा समाजका सबै पक्षहरूको चर्चा गरेका थिए। अर्को महत्त्वपूर्ण कुरा के हो भने मार्क्सको इतिहास सम्बन्धी विचार नै नकारात्मक छ। न त विचारहरूको निर्माण, धर्म र राजनीतिक संस्थाहरू स्वतन्त्रताका साधन हुन न त यस वरिपरि हामीले निर्माण गरेका आर्थिक संरचना र हामीले निमार्ण गरेका वित्तीय स्वार्थ हुन्। यी त हामीले हाम्रा आवश्यक्तालाई सन्तुष्ट पार्न प्रयोग गरिरहेका छौं। 

हामीले यसलाई आफ्नो अन्तरिक दृष्टिकोण बनाएका छौ भन्दा थप स्पष्ट हुन सक्छ। यसअर्थमा अहिले हामी सबै मार्क्सवादी छौ। 

-लेखक प्रिन्सटोन विश्वविद्यालयका प्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको लेख मार्क्सको द्विशत्वार्षिकीको अवसरमा भावानुवाद गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell