PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भरतपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

भरतपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

चितवन भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकामा चालक भरतको बिहान ३ बजे सोही मेडिकल कलेजमा र छोरा समीरको बिहान ४ बजे पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भरतले अत्याधिक मादकपदार्थ सेवन गरी तीव्र गतिमा हाँकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell