PahiloPost

May 24, 2018 | १० जेठ २०७५

क्षेत्रीय नेता बन्ने दाउमा मोदी : एकपछि अर्को देशको भ्रमण


पहिलोपोस्ट /पहिलोपोस्ट

क्षेत्रीय नेता बन्ने दाउमा मोदी : एकपछि अर्को देशको भ्रमण
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्षेत्रीय देशहरूलाई ‘इंगेज’ गर्ने रणनीतिका साथ अगाडि बढिरहेका छन्। पछिल्लो समय चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग अनौपचारिक सम्मेलनमा सहभागी भएर फर्किएका उनी यही वैशाख २८ गते (मे ११)मा नेपाल आउँदै छन्। 

त्यस्तै उनले मे महिनामा नै बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग समेत भेट वार्ता गर्ने छन्। इकोनोमिक टाइम्सका अनुसार भारतीय प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतको परराष्ट्र मामिलामा चुनौतीको रूपमा रहेका नेपाल र बंगलादेशका नेताहरूसँग भेट गर्न लागेका हुन्। 

मे ११ र १२ मा नेपालको भ्रमणबाट फर्किने मोदीले मेको अन्त्यमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई भारतमा स्वागत गर्ने तयारी गरेका छन्। पश्चिम बंगालको शान्ति निकेतनमा रहेको विश्वभारती विश्वविद्यालयमा बंगलादेश सरकारले निर्माण गरेको बंगलादेश भवनको संयुक्त रूपमा उद्घाटन गर्ने गरी कार्यक्रम तय भइरहेको समाचारमा उल्लेख छ। 

त्यति मात्र होइन मोदी नेपालमा जुन वा जुलाइभित्र पुनः आउँदै छन्। नेपालले जुन वा जुलाइमा विम्स्टेकको चौँथो शिखर सम्मेलन आयोजनाको तयारी गरिरहेका छ। मोदीले सार्कलाई पछाडि धकेल्न चाहन्छन्। 

पाकिस्तानलाई क्षेत्रीय संगठनबाट टाढा राख्ने अभिप्रायले भारत सार्कको विकल्पको रूपमा विम्स्टेकलाई अगाडि ल्याउँदै छ। भारतले तत्काल इस्लामावादमा हुने भनिएको १९ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुने सम्भावना नरहेको बताउँदै आएको समाचारमा इकोनोमिक्स टाइम्सको समाचारमा उल्लेख छ। 

दुई छिमेकी नेताहरूसँगको भेटपछि मे महिनाको अन्त्य र जुन महिनाको सुरुवातमै दक्षिणपूर्वी एसियाका दुई देशहरू इन्डोनेसिया र सिंगापुर
भ्रमणमा जाँदै छन्। भारतको ‘एक्ट इष्ट पोलिसी’ अन्तर्गत सांग्रिला डायलगमा सहभागी हुन उनी त्यहाँ जाँदै छन्। त्यस्तै ‘एक्ट इष्ट पोलिसी’लाई अगाडि बढाउन आसिनको अध्यक्ष राष्ट्र सिंगापुरको भ्रमण गर्दै छन्। सांग्रिला डायलगमा मोदीको संबोधन भारतीय प्रधानमन्त्रीको तर्फबाट पहिलो समेत हुने छ। 

मोदीको यो सक्रियता क्षेत्रीय सक्रियताबाट क्षेत्रीय नेताको रूपमा स्थापित हुने अभियानको रूपमा अब्जभर रिसर्च फाउण्डेशनको ग्लोबल पोलिसीमा बरुण सहानीले लेखेका छन्।


क्षेत्रीय नेता बन्ने दाउमा मोदी : एकपछि अर्को देशको भ्रमण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट