PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बसको छतबाट खसेर मृत्यु



पहिलोपोस्ट

बसको छतबाट खसेर मृत्यु
प्रतीकात्मक तस्विर

गौशालाः महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बसका हेल्पर महोत्तरी एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्किया गाउँमा बसको छतमा सामान हालेर तल झर्ने क्रममा मण्डल बसको छतबाट सडकमा लडेकोमा उनको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

बसको छतबाट लडेर गम्भीर घाइते भएका मण्डललाई उपचारको लागि तत्कालै अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गरेको अवस्थामा बेलुका करिब ७ बजेतिर बाटैमा उनको मृत्यु भएको थियो।

बस इलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell