PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

रोकिएन सुन तस्करीः 'विमानस्थल बन्यो सुन बोक्ने बाटो'


पहिलोपोस्ट

रोकिएन सुन तस्करीः 'विमानस्थल बन्यो सुन बोक्ने बाटो'
फाइल फोटो

काठमाडौँ: ३३ किलो सुन प्रकरणको चर्चा सेलाएको छैन। तर, तस्करलाई यसले छोएको देखिँदैन। सरकारले विषेश अनुसन्धान छानविन समिति बनाएर नै सुन तस्करको खोजी गरिरहेको बेला विमानस्थलबाट अझै पनि सुन तस्करी भइरहेको खुल्न आएको छ।

आइतबार दिउँसो प्रहरीले विमानस्थलबाट सुन तस्करीमा संलग्न ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले एक के.जी ४१० ग्राम सुन समेत बरामद गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले बताए।

वैशाख ९ गते नै प्रहरीले भारतीय नागरिकलाई सुन तस्करीको अभियोगमा पक्राउ गरेको थियो। उनले सुनलाई 'लिक्विड' बनाएर तस्करीको प्रयास गरेका थिए।

उनीहरु सुन तस्करीका लागि प्रयोग भएका भरियामात्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। एसएसएपी जोशीले भने 'अहिलेसम्म भरियामात्र देखिएको छ थप अनुसन्धान गर्दैछौँ।‘

पर्यटक भीषामा नेपाल आएका उनीहरु 'चाइना इस्टर्न एयरलाइन्स'बाट चीन जान लागेको अवस्थामा पक्राउ परेका हुन्।

विभिन्न देशबाट अवैधरुपमा नेपाल आएको सुन विमानस्थलबाट पनि पुनः अर्को देशमा तस्करी समेत हुने गरेको छ। तस्करहरुले दुबई र चीनबाट सुनको अवैध कारोबार गर्ने गरेका छन्। सडकमार्ग हुँदै चीनदेखि रसुवा नाकाबाट पनि सुन तस्करी हुने गरेको छ।

३३ केजी सुन प्रकरणको अनुसन्धानमा चुणामणि उप्रेती ‘गोरे’ समूहले अहिलेसम्म ३८ सय किलो सुन विमानस्थलबाट नै भित्र्याएको खुल्न आएको छ।
सम्बन्धित समाचार
तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर



रोकिएन सुन तस्करीः 'विमानस्थल बन्यो सुन बोक्ने बाटो' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट