PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

दिल्ली जाँदै गर्दा दपेटिए 'धर्म गुरु'


सविन ढकाल

दिल्ली जाँदै गर्दा दपेटिए 'धर्म गुरु'

काठमाडौं : रणनीतिक रुपमा आफूमाथि नै गोली चलाउन लगाएर अपराध गरेको खुल्ने सम्भावना बढेपछि चर्चित धर्मगुरु आचार्य श्रीनिवास दिल्ली जाने तयारीमा रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले गोली प्रहार गरेको अभियोगमा माधव चौधरी र लक्ष्मी अधिकारीलाई पक्राउ गरेपछि श्रीनिवास आजैको फ्लाइटबाट दिल्ली जाँदै थिए।

उनीमाथि गोली प्रहार भएपछि गृहमन्त्री रामबहादुर थापाले धार्मिक अस्थिरता निम्त्याउने तत्व सक्रिय रहेको बताएका थिए। त्यस्तै राप्रपा नेपालले पनि हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको दावी गरेको थियो। 

'उनीमाथि यी दुवैले उनकै निर्देशनअनुसार गोली प्रहर गरेको बयान दिएका थिए,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसीले पहिलोपोस्टसँग भने, 'उनीहरुकै बयानका आधारमा उनलाई काठमाडौंको टोलीले पक्रेको हो।' 

गोली हान्ने दुवै समातिएको खबरपछि 'धर्मगुरु' दिल्ली 'फरार' हुँदै थिए। त्यसैले प्रहरीले उनलाई पहिले नै कब्जामा लिएको हो। 
केही समयअघिमात्रै पूर्व राजा ज्ञानेन्द्र यिनलाई भेट्न पुगेका थिए। 

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। शरीरमा दुई गोली लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भएको थियो।

यो पनि पढ्नुस्

पूर्व राजा ज्ञानेन्द्र निकट 'धर्मगुरु' श्रीनिवासमाथि गोली उनकै योजनामा



दिल्ली जाँदै गर्दा दपेटिए 'धर्म गुरु' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट