PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा किन रोकिए सीमामा नेपाली ट्याङ्कर?



पहिलोपोस्ट

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा किन रोकिए सीमामा नेपाली ट्याङ्कर?

विराटनगरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै गर्दा स्थानीय व्यवसायी भने भारतीय प्रहरीलाई घुस बुझाउन नसक्दा अप्ठेरोमा परेका छन्। वनस्पति घिउ र तेलको कच्चा पदार्थ क्रुड आयल बोकेर आएका सवारीसित जोगबनीको प्रहरीले घुस मागेपछि एक हप्तादेखि ५३ वटा ट्याङकर तथा लरी सीमापारि थन्किएका छन्।

केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि क्रुड आयल लिएर आएका ट्याङ्कर र लरी थन्किएका हुन्। स्वस्तिक आयलका क्लियरिङ एजेन्ट श्याम कनौडियाले भारतीय बजार जोगबनीको प्रहरी थानाका इन्चार्जले ५० हजारका मासिकका दरले घुस मागेको बताए।
 
‘त्यत्रो रकम कसरी दिन सकिन्छ?’ एजेन्ट कनौडियाले भने, ‘भुक्तानी नगरे ओभरलोडमा कारबाही गर्ने धम्की दिएका छन्।’
 
जोगबनी नाकादेखि ५ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुलको मर्मत अन्तिम चरणमा रहेको बताइएको छ। पुलबाट तत्काल बढीमा २० मेट्रिक टन क्षमताका सवारीसाधनमात्र ओहरदोहर गर्न सकिने अनुमति भारतको नेसनल हाइवे अथोरिटीले दिएको छ।

 
तर जोगबनी थानाका अधिकारीलाई नजराना चढाएर ८० मेट्रिक टनसम्मका मालवाहक सवारी मीरगञ्जको पुलबाट ल्याइने क्रम जारी छ। मीरगञ्जको पुलबाट नल्याए रिरुट गरेर भीमनगर–कोशी ब्यारेज नाकाबाट ल्याउनु पर्ने हुन्छ।
 
रिरुट गरिरहेका नेपाली कारोबारीको बाध्यताको फाइदा उठाउँदै भारतीय प्रहरीले मालवाहक सवारीसित घुस मागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell