PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

धर्मका नाममा अपराध : दुई महिनादेखि नै आफूलाई गोली हान्न बुनेका थिए योजना


पहिलोपोस्ट /पहिलोपोस्ट

धर्मका नाममा अपराध : दुई महिनादेखि नै आफूलाई गोली हान्न बुनेका थिए योजना
काठमाडौं : सोमवार काठमाडौंबाट पक्राउ परेका 'धर्मगुरु आचार्य श्रीनिवास'लाई प्रहरीले 'हातहतियार तथा खरखजना ऐन'मा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। 

आफ्नै योजनामा गोली हान्न लगाएर, साम्प्रदायिक नारा भएका पर्चा राखेर त्रास फैलाएको भन्दै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। 

श्रीनिवासलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान्त थापाले जानकारी दिए।

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। शरीरमा दुई गोली लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भएको थियो।

प्रहरीले गोली हान्ने श्रीनिवासका अंगरक्षक माधव चौधरी र लक्ष्मी अधिकारीलाई भने ज्यान मार्ने उद्योग अन्तर्गत म्याद थप गरिएको छ। श्रीनिवासकै योजनामा उनीमाथि गोली हानिएको थियो। प्रहरी हिरासतमा रहेका श्रीनिवासले भने अहिलेसम्म प्रहरीसँग मुख खोलेका छैनन्।

चौधरीले भने दुई महिना अगाडिदेखि नै घटना बारे श्रीनिवासले योजना बनाएको बयान दिएका छन्। हतियारको व्यवस्थापन गर्ने लक्ष्मीराज अधिकारीका दाजुले भारतबाट हतियार ल्याएर घरमा राखेको र त्यही हतियार प्रयोग गरेको बताएका छन्। हतियार ल्याउने अधिकरीका दाजुको भने केही समय अगाडि नै सडक दुर्घटनामा मृत्यु भइसकेको डिएसपी थापाले बताए।

२६ वर्षीय युवा धर्मगुरु सिमरा पानी ट्याङ्की भन्ने स्थानमा घर भएका श्रीनिवासलाई भेट्न केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसमेत पुगेका थिए।


धर्मका नाममा अपराध : दुई महिनादेखि नै आफूलाई गोली हान्न बुनेका थिए योजना को लागी १ प्रतिक्रिया(हरु)

Surya Rana [ 2018-05-08 14:36:53 ]
— १ पटक सम्पादित
सत्य कहिलै डगदैन, झुट कहिलै टिक्दैन

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट