काठमाडौँ : नेपालका लागि अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका सबैको अभिलेख राखिने भएको छ।
पुराना अन्तर्राष्ट्रिय फुटबलरहरु मिलेर स्थापन गरिएको फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले उक्त काम गर्ने एफएमटी-आयोजक समितिका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जानकारी दिए।
नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अहिलेसम्मका सबैको अभिलेख राख्ने अभियान रहेको उनले बताए।
यसका लागि तयारी भइरहेको र आफ्नो प्रामइ टाइम फुटबलमा बिताएका र राष्ट्रलाई योगदान दिएकाहरुको स्मरणमा यस्तो कार्य गर्न लागेको समेत उनले जानकारी दिए।
१९६३ यता नेपालबाट करिब ३ सय फुटबल खेलाडीले अन्तर्राष्ट्रिय फुटबल खेलिसकेको उल्लेख गर्दै श्रेष्ठले खेलाडीहरुको रियल डाटा कलेक्सन गर्न निकै मिहेनत गर्नुपरेको बताए। एफएमटीले जेठ ९ गते अर्को कार्मेरम गर्ने र स्मारिका समेत निकाल्ने जनाएको छ।