PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोदीको कर्नाटक चुनाव प्रचार काठमाडौंबाट! 



पहिलोपोस्ट

मोदीको कर्नाटक चुनाव प्रचार काठमाडौंबाट! 
AFP/GETTY

  • अनिल चमडीया -
१२ मे मा कर्नाटकमा विधानसभा निर्वाचन हुँदैछ। ठीक त्यतिखेर कर्नाटकका मदाताबीच प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका हिन्दु मन्दिरहरुको दर्शन गरिरहेको खबर सञ्चार माध्यमबाट प्रमुखताका साथ प्रसारित हुनेछ। 

प्रधानमन्त्रीको ११ मे देखिको नेपाल यात्राका बारेमा नेपालका गृहमन्त्री रामबहादुर थापाले स्पष्ट रुपमा भनेका छन् कि मोदीको यो भ्रमण धार्मिक र सांस्कृतिक यात्रा हो। 

भारतको चुनाव आयोगले देशको कुनै पनि क्षेत्रमा मतदान हुने दिनको दुई दिन पहिलेदेखि नै चुनाव प्रचार बन्द गर्ने नियम बनाएको छ। यद्यपि, भारतीय जनता पार्टीले चुनाव आयोगको यो प्रावधानलाई निष्प्रभावी बनाउनका लागि आफ्नो अलग्गै चुनावी प्रचारको मोडल बनाएको छ। यो मोडल सन् २०१४ को चुनावका बेला समेत देखिएको थियो।
 

मतदान अगाडि प्रधानमन्त्रीको भाषण

७ अप्रिल २०१४ को असम र त्रिपुराको लोकसभाका ६ वटा सिटमा मतदान चलिरहेको थियो। त्यति नै बेला भारतीय जनता पार्टी (भाजपा)को चुनावी घोषणापत्र जारी गर्ने कार्यक्रमको सिधा प्रसारण टेलिभिजनका समाचारहरुमा भइरहेको थियो। 

टिभी च्यानलमा प्रत्यक्ष प्रसारणका साथमा घोषणापत्रका मुख्य बुँदा र प्रतिवद्धताहरुलाई ब्रेकिङ न्यूजको रुपमा देखाइँदै थियो। 

मुरली मनोहर जोशीले घोषणापत्रलाई विस्तृतमा राख्ने क्रममा उत्तर पूर्वी राज्यका बारेमा आफ्ना प्रतिवद्धताहरु समेत बताएका थिए। 
 

‘मोदीमय र कमलमय’ 

जनसत्ताका पत्रकार प्रियरञ्जन लेख्छन्, ‘विज्ञापनको आडमा आचारसंहिताको तीब्ररुपमा उल्लंघन्। कैयौं बुथमा मतदाताहरुलाई सहयोग गर्न भन्दै राखिएका टेबल र कुर्सीमा कार्यकर्ताहरुले पत्रिका पढ्ने होड नै देखियो। हद त त्यतिबेला देखियो जब पत्रिकाको पहिलो पाना खोलेको देखिन्थ्यो। जब कि चुनाव आयोगको चुनाव चिन्ह प्रदर्शन गर्न रोक लगाएको नियममा अखबारहरुले धज्जी उडाएका थिए।’ 

‘किनकि बुधबार दिल्लीबाट निक्लिने अधिकांश पत्रिकाका पहिलो पाना ‘मोदीमय र कमलमय’ (मोदीमयको अर्थ मोदीको तस्विर र कमलमयको अर्थ भाजपाको चुनाव चिन्ह’ थियो। टोपी–ब्यानर–पर्चामा चुनाव चिन्ह रोक्न सकिन्थ्यो तर अखबार पढ्न कसरी रोक लगाउने? त्यसैले पनि ‘कमल’ खुब देखियो। सुकुम्बासी बस्तीहरुमा समेत कैयौं कार्यकर्ताहरु अंग्रेजी अखबारहरु घण्टौं पढिरहेका देखिए। सर्वविदितै छ कि १० अप्रिलमा देशको कुल ९२ वटा संसदीय क्षेत्रमा मतदान भयो।’
 

चुनाव आयोगले लगाउनुपर्‍यो  रोक

मतदानको समय पत्रिकाहरुमा भारतीय जनता पार्टीको सुनौला विज्ञापनले पुरै पाना भरिन थालेपछि चुनाव आयोगमा पटक पटक उजुरी पर्‍यो। त्यसपछि आयोगले ४ मे २०१८ मा यस्तो विज्ञापनमाथि समेत रोक लगाउन निर्देशन जारी गरेको छ। 

चुनाव आयोगले राजनीतिक पार्टीका अध्यक्षहरुलाई मतदानको पूर्वसन्ध्यामा चुनाव प्रचारको हेतुले विज्ञापन प्रकाशित गर्न नसक्ने निर्देशन दिएको छ। 
 

भाजपाले निकाल्यो उपाय

कर्नाटकको विधानसभा चुनावलाई मध्येनजर गर्दै ११ र १२ मे मा समाचारपत्रमा चुनाव प्रचारको उद्देश्यले विज्ञापन प्रकाशन गर्न चुनाव आयोगले रोक त लगायो तर चुनाव प्रचारको दुषित पार्ने हरेक मनसायलाई रोक्ने प्रभाधान भने चुनाव आयोगसँग छैन। 

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हिन्दु मन्दिरहरुको दर्शन गरेको समाचार मिडियाले आफ्ना लागि समाचार मान्छन्। तर यसको पछाडि रहेको मतदानको समय चुनाव प्रचारको मनासयलाई रोक्ने चुनाव आयोगसँग कुनै प्रावधान भने छैन। 

नरेन्द्र मोदी हिन्दुको पौराणिक ग्रन्थ रामायणका मर्यादा पुरुषोत्तम रामकी पत्नी सीताको जन्मस्थान जनकपुर जाने कार्यक्रम छ। नेपालका गृहमन्त्रीका अनुसार जनकपुरदेखि मोदी अन्य धार्मिकस्थल मुक्तिनाथ र पशुपतिनाथ पनि जानेछन्। 
 

फरक किसिमको प्रचार फरक रणनीति

जानकारी दिउँ कि कर्नाटकमा भारतीय जनता पार्टीमाथि हिन्दुत्वलाई लिएर आक्रमक प्रचार गरेको आरोप लागेको छ। उत्तर प्रदेशको विधानसभाको पछिल्लो चुनावमा ८ मार्च २०१७ को अन्तिम चरणको मतदानको समय प्रधानमन्त्री गुजराताको सोमनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए। 

प्रधानमन्त्रीको देशका कुनै पनि क्षेत्रको मतदानको निकट समय मन्दिरहरुको यात्रामा निस्किन सक्ने रोचक अध्ययन गर्न सकिन्छ। भारतीय जनता पार्टी मतदानको समय मतदाता प्रभावित गर्न प्रचारात्मक रणनीतिको अध्ययन गर्न लाग्छ कि पार्टीले कैयौँ स्तरमा प्रचरणको रणनीति पनि बनाउँछ। 

१७ अप्रिल २०१४ को लोकसभा निर्वाचनको छैटौं चरणको मतदानमा सबैभन्दा बढी १२२ संसदीय क्षेत्रमा निर्वाचन हुँदै थियो। त्यसको दुई दिन अगाडि एक प्रतिष्ठित च्यानलमा ओपनियन पोलको नतिजा सार्वजनिक भयो। 

दास्रो दिन कैयौँ अग्रणी समाचारपत्रको हेडलाइन छापियो। पहिलोपटक कुनै ओपनियन पोलले भाजपा नेतृत्वको एनडीए गठबन्धनले लोकसभा निर्वाचनमा बहुमत हासिल गर्ने अनुमान सार्वजनिक गरेको थियो। 
 

जब प्रधानमन्त्रीले दर्ता गराए उम्मेदवारी

सर्वेको नतिजा अनुसार ५४३ सिटमा एनडीएको २७५ सिट प्राप्त हुने छ। भाजपा एक्लैले २२६ सिट प्राप्त गर्ने छ। एक अर्को प्रचारात्मक रणनीति त्यतिबेला देखिन्छ जब २४ अप्रिलमा ११७ संसदीय क्षेत्रमा मदतान हुँदै थियो। त्यही दिन नरेन्द्र मोदीले वनारस क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गर्ने योजना बनाए। 

भाजपाका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीको उम्मेदवारी दर्ता समारोहलाई दिनभर टिभी च्यानलहरुले प्रसारण गरेका थिए। दुनियाभरमा सायदै कुनै एक उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने कार्यक्रमको प्रसारणलाई यति धेरै समय दिइएको थियो। 

यस्तो लाग्छ कि मतदानको समय मन्दिरमा जाने कार्यक्रम चुनाव क्षेत्रको आवश्यकताले मध्यनजर गर्दै तय हुन्छ। कर्नाटकमा चुनाव प्रचारको केन्द्र साम्प्रदायिकता हो। 

(मोदीको नेपाल भ्रमणको सन्दर्भमा बीबीसी हिन्दीमा प्रकाशित आलेखको अनुदित अंश।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell