PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मलेसियामा मोहम्मद महाथिरको पुनरागमन, ९२ वर्षमा प्रधानमन्त्री बन्ने निश्चित



पहिलोपोस्ट

मलेसियामा मोहम्मद महाथिरको पुनरागमन, ९२ वर्षमा प्रधानमन्त्री बन्ने निश्चित
photo: AFP

मलेसियाका पूर्व प्रधानमन्त्री मोहम्मद महाथिरको विपक्षी दलले आम निर्वाचनमा बहुमत हासिल गरेको छ। ६० वर्षसम्म सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई पराजित गर्दै विपक्षी गठबन्धनले बहुमत हासिल गरेको हो। जितसँगै २२ वर्ष मलेसियालाई नेतृत्व दिएका महाथिरको सत्ता यात्रा पुनरागमन भएको छ। 

विपक्षी गठबन्धनले बहुमत हासिल गरेसँगै ९२ वर्षीय महाथिर प्रधानमन्त्री बन्ने निश्चित बनेको छ। निर्वाचन आयोगलाई उद्रृत गर्दै बीबीसीले जनाए अनुसार विपक्षी गठबन्धनले ११५ सिटमा जित हासिल गरेको छ। सरकार गठनका लागि ११२ सिट आवश्यक पर्नेछ। 

जितपछि पत्रकारहरूसँग कुरा गर्दै महाथिरले विधिको शासन सञ्चालन गर्ने बताए। 

शपथग्रहण कार्यक्रम आउँदो बिहीबारका लागि तय भएको छ। शपथग्रण समारोहका सार्वजनिक बिदाको घोषणा गरिएको छ। 

सत्तारुढ बिएनको प्रमुख पार्टी संयुक्त मलेसिया राष्ट्रिय संगठन १९५७ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै सत्तामा छ। विगत केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो। आम चुनावमा गठबन्धनलाई ७९ सिटमात्र प्राप्त भएको छ। सन् २०१३ मा गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो।

सन् २०१३ मा पनि विपक्षीले लोकप्रिय मत प्राप्त गरे पनि सरकार गठनका लागि पर्याप्त थिएन। यो पटक भने विपक्षीले सरकार गठनको बहुमत पाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell