PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


ला लिगा : बार्सिलोनाको फराकिलो जित, सेभियासँग हार्‍यो रियल


पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको फराकिलो जित, सेभियासँग हार्‍यो रियल

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले भियारियाललाई ५-१ ले पराजित गरेको छ।

यसअघि नै उपाधि पक्का गरिसकेको बार्सिलोनाका लागि घरेलु मैदानमा ओसमान डेम्बेले २ तथा फिलिप काउटिन्हो, पाउलिन्हो र लियोनल मेसीले १-१ गोल गरे।

भियारियालका लागि निकोला सानसोनले एक गोल फर्काए। भियारियालले बार्सिलोनालाई खेलअघि गार्ड अफ अनर समेत प्रदान गरेको थियो।

जितपछि बार्सिलोनाले यस सिजन अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याएको छ। ३६ मध्ये बार्सिलोनाले २७ खेलमा जित तथा ९ खेलमा बराबरी नतिजा निकालेको थियो।

बार्सिलोनाले ३६ खेलबाट ९० अंक जोडेको छ। अब लेभान्टे र रियल सोसिडाडसँगको खेलमा हार टारे बार्सिलोनाले अपराजित रहदै उपाधि जित्ने कीर्तिमान कायम गर्नेछ।

यस्तै ला लिगाकै अर्को खेलमा तेस्रो स्थानको रियल मड्रिड सेभियासँग ३-२ ले पराजित भएको छ।

विसम वेन येडर, मिगुएल लायुनले एक-एक गोल गरे भने रियलका सर्गियो रामोसले एक आत्मघाती गोल उपहार दिए। रियलका लागि बोजा मोयाराल र रामोसले गोल गरे। त्यसअघि रामोस पेनाल्टीमा गोल गर्न असफल भएका थिए।

हारपछि पनि ३६ खेलबाट ७२ अंक रहेको रियल तेस्रो स्थानमै छ।



ला लिगा : बार्सिलोनाको फराकिलो जित, सेभियासँग हार्‍यो रियल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट