PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

हत्या आरोपमा कटहरिया नगरपालिकाका मेयर पक्राउ


सविन ढकाल

हत्या आरोपमा कटहरिया नगरपालिकाका मेयर पक्राउ

काठमाडौं: हिन्दु युवासंघ वीरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको ब्युरोका एसपी बुद्धि गुरुङले जानकारी दिए। जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको थियो। 

कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए। उनी पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिव थिए।

२०६७ असार १२ गते वीरगञ्ज मसानघाट शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो।




 



हत्या आरोपमा कटहरिया नगरपालिकाका मेयर पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट