PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडियाको साथ


पहिलोपोस्ट /पहिलोपोस्ट

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडियाको साथ

बैशाख : नेपाल खेलकुद पत्रकार मञ्चले आगामी जेठ ३ मा गर्न लागेको पल्सर स्पोर्ट्स अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेड पनि जोडिएको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा मञ्च र डिस मिडियाबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भयो।

डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गरे।

प्रायोजन सम्झौतापछि अवार्डको नाम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ ईन एशोसियसन विथ डिस होम एक्सन स्पोर्ट्स हुनेछ। पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि हो।

डिस मिडियाले ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको सेटअप बक्स र रिचार्ज गरी कुल ७ लाख रुपैयाँको प्रायोजन गर्नेछ। डिस मिडिया र मन्चबीच साझेदारी भएको यो आठौं वर्ष हो। मञ्चले यो वर्ष सबै ८ विधामा पुरस्कृत र मनोनित हुने खेलाडी र खेलअधिकारीलाई डिस होमको सेटअप बक्स उपलब्ध गराउने भएको छ। त्यस्तै एसएमएस भोटिङमा सहभागी हुनेमध्ये भाग्यशाली ५ जनालाई पनि सेटअप बक्स प्रदान गरिने मञ्चले जनाएको छ।

डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत आचार्यले खेल र खेलाडी दुबैको सम्मानका लागि आयोजना हुने अवार्डमा जोडिन पाउँदा खुशी लागेको बताए। मचका अध्यक्ष महेश आचार्यले नीजि क्षेत्रबाट अवार्ड कार्यक्रम सचालन गर्न पाएको साथ र सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा त्यसको निरन्तरताको अपेक्षा पनि गरे।

विगतका वर्षहरूमा जस्तै यसबर्षको पल्सर स्पोर्ट्स अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा सम्मान गरिनेछ।

यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएकोमा यो वर्ष पनि निरन्तरता दिइनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ।



पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडियाको साथ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट