PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

जनकपुरबाट गुडेको बस पुग्यो अयोध्या, योगी आदित्यनाथले गरे स्वागत



जनकपुरबाट गुडेको बस पुग्यो अयोध्या, योगी आदित्यनाथले गरे स्वागत
फोटो: khaskhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झन्डा देखाएर जनकुपर अयोध्या बस सेवा हिजो उद्घाटन गरेका थियो। प्रदेश २ का दुई राज्यमन्त्रीसहित ३४ यात्रु रहेको उक्त बस आज बिहान अयोध्या पुगेको छ। 

बस चढेर गृहराज्य मन्त्री सरोज सिंह कुशवाहा र अर्थराज्यमन्त्री उषा यादव अयोध्या गएका हुन्।

अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगो आदित्यनाथले रामकथा पार्कमा स्वागत गरे। उक्त अवसरमा रामायणसम्बन्धी झाँकीसमेत प्रदर्शन गरिएको थियो। बसका यात्रुलाई बिहान पौने २ बजे नेपाल भारतको सीमा भिठामोडमा सीमा सुरक्षा अधिकारीले स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell