PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


दृश्यांशमा ‘रात १३’ उत्कृष्ट घोषित


पहिलोपोस्ट

दृश्यांशमा ‘रात १३’ उत्कृष्ट घोषित

काठमाठडौं: सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता ‘दृश्यांश’को नतिजा सार्वजनिक भएको छ। प्रतियोगितामा अनुज पाण्डेले निर्देशन गरेको ‘रात १३’ उत्कृष्ट घोषित भयो। दोस्रो स्थानमा अर्पण बस्नेतको ‘ढलपल’ र तेस्रोमा विजय गजमेरद्वारा निर्देशित ‘द ईन्टरभ्यु’ रह्यो।  

त्यसैगरी पब्लिक च्वाईस अवार्ड फिल्म ‘अमृत’ले हात पार्‍यो। शर्मिला आलेद्वारा निर्देशित ‘स्माईल’ले बेस्ट मेन्सन प्राप्त गरेको छ। कार्यक्रममा उत्कृष्ट १० फिल्महरु ‘द डिपार्चर’,  सुन्दर लामाको ‘कथा: एन् इन्टीमेसी वीथ टाईम’,  नव श्रेष्ठको ‘ए कता’,  खुश्बु शर्माको ‘वुमरी’, असीमको ‘ड्रीम अफ हाउस वाईफ’,  अर्जुन न्यौपानेको ‘महिला कर्मचारी तुः आवश्यकता’ प्रदर्शन गरिएको थियो ।

पहिलो हुनेलाई ७५००० रुपैयाँ नगद पुरस्कार, दोस्रो हुनेलाई स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याव वितरण गरिएको थियो। अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड वितरण गरिएको थियो। अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सर्वनामद्धारा निःशुल्क तीन महिने नाट्य कार्यशालाको व्यवस्था पनि गरेको छ।

निर्णायक मण्डलमा दिपक रौनियार, निश्चल बस्नेत, अविनाश विक्रम शाह र शुसिल पौडेल रहेका थिए। 
 

कार्यक्रममा बोल्दै निर्देशक तथा चलचित्रकर्मी निश्चल बस्नेतले दृश्यांश चलचित्र निमार्णको नयाँ अवधारणा सुरु भएको बताए। रंगकर्मी राज शाहले कार्यक्रम सञ्चालन गरेका थिए।



दृश्यांशमा ‘रात १३’ उत्कृष्ट घोषित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट