PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

आइपिएलमा डेब्यु गरेका सन्दीपको उपलब्धि : एक विकेट, सबैभन्दा किफायती बलर


आइपिएलमा डेब्यु गरेका सन्दीपको उपलब्धि : एक विकेट, सबैभन्दा किफायती बलर
डेब्यु खेलमा विकेट लिँदाको खुसी । फोटो : बिसिसिआई
आइपिएलमा शनिबार डेब्यु गरेका सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले आरसिबीसँगको खेल त जित्न सकेन, तर उनको उपलब्धि कम रहेन। 

डेब्यु खेलको पहिलो ओभरमै बलिङ गरेका सन्दीपले पहिलो ओभरमा चार बाईसहित ६ रन दिएका थिए। आफ्नो दोस्रो ओभरको चौथो बलमा उनले पटेलको विकेट लिए। 

४ ओभर बलिङ गरेका सन्दीप टिमको तर्फबाट ६.२५ फिगरसहित सबभन्दा किफायती बलर रहे। उनले २५ रन दिएर १ विकेट लिए। उनले १० बलमा कुनै रन लिन दिएनन् भने उनको दुई वटा बलमा चौका र एउटा बलमा छक्का लाग्यो। 
 


आइपिएलमा डेब्यु गरेका सन्दीपको उपलब्धि : एक विकेट, सबैभन्दा किफायती बलर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट