PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

अज्ञात समूहद्वारा भारतीय ट्रकमा आगजनी


पहिलोपोस्ट /पहिलोपोस्ट

मलेखुः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ।

सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

आज बिहान करिब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो। आगलागी भएको २ घण्टापछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।

बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए। आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ। आगो नेकपा विप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ। घटनापछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ। रासस



अज्ञात समूहद्वारा भारतीय ट्रकमा आगजनी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट